बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छानियो

काठमाडाैं, २५ असाेज– आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो ।argentina

खेलको पहिलो मिनेटमा नै इक्वेडरले गोल गरेपछि अर्जेन्टिनाको विश्वकप यात्रामा पूर्णविराम लाग्ने आकलन गरिएको थियो तर लियोनल मेस्सीले तेसो हुन दिएनन् । छनोट चरणको अन्तिम खेलमा अर्जेन्टिनाले उत्कृष्ट कमव्याक गर्याे । खेलको ११ औँ मिनेटमा मेस्सीले बराबरी गोल फर्काए । त्यतिले मात्र रोकिएनन् मेस्सी पहिलो गोल गरेको सात मिनेट पछि नै व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए ।messi

पहिलो हाफमा एक गोलले अगाडि रहेको अर्जेन्टिना दोस्रो हाफमा पनि उत्कृष्ट प्रर्दशन देखायो । खेलको ६२ औँ मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले विश्वकप २०१८ को रुसको यात्रा तय गर्न सफल भएको छ ।Messi 1

दक्षिण अमेरिकी क्षेत्रका १० देशहरु मध्य शीर्ष चार देशले विश्वकपमा सोझै स्थान बनाउँने प्रावधान थियो र अर्जेन्टिनाले तेस्रो स्थानमा रहदै विश्वकपको यात्रा सुनिश्चित गरेको हो ।messi 11

यस क्षेत्रका अन्य खेलहरुमा ब्रजिलले चिलिलाई ३–० ले हराउदै पहिलो स्थानमा रहेर विश्वकपको यात्रा तय गरेको छ, भने ब्रजिलसँगको हारसँगै दक्षिण अमेरिकी च्याम्पियन चिलिकाे विश्वकप खेल्ने सपना सकिएको छ । साथै कोलम्बियाले पेरुसँग १–१ को बराबरी खेल्दै चौथो स्थानमा रहेर विश्वकपको यात्रा सुनिश्ति गरेको छ भने पेरु पाँचौ स्थानमा रहेर विश्वकपको यात्रामा अझै सम्भावना राखेको छ । पेरुले अब न्यूजल्याण्डसँग प्लेअफ खेल्नुपर्ने छ ।

Comments are closed.

'
Scroll To Top