देउसीभैलाे खेल्ने क्रममा झडप : ९ घाइते, १० पक्राउ

329
  •  
  •  
  •  

बाँके, २३ कात्तिक (अाेएनएस) : बाँकेमा देउसीभैलो खेल्ने क्रममा विवाद झडप भएकाे छ। जानकी गाउँपालिका–५ बनिया गाउँमा बिहीबार राति दुई पक्षबीच भएको झडपमा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको हाे।  प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन्।


  •  
  •  
  •