जन्मकैद सुनाइएका राजेन्द्र २३ वर्षपछि पक्राउ

38
  •  
  •  
  •  

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा सर्वाेच्च अदालतबाट जन्मकैदको फैसला सुनाइएका एक फरार दोषी २३ वर्षपछि पक्राउ गरेको छ।

सर्वोच्चबाट दोषी ठहर भई फरार भएका सुनसरीको तत्कालीन प्रकाशपुर गाविस–५ का राजेन्द्र राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) पक्राउ गरेको हो।

बराईले २०५२ साल मंसिर ४ गते बेलुका साढे ६ जे प्रकाशपुर गाविस–५ घर भई उदयपुरको तत्कालीन रामपुर गाविस–२ कोशिटप्पु बस्ने नारायण शाहको हत्या गरेका थिए।

काठ तस्करीको सूचना दिएको भन्दै राईले शाहलाई लाठ्ठी र मुक्का प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए। शाहको शव कोशिटप्पुको आहालेमा भटिएको थियो।

सर्वोच्च अदालतले उनीविरुद्ध २०६० चैत ५ गते जन्मकैदको फैसला सुनाएको थियो।

पक्राउ परेका उनलाई कैद भुक्तानका लागि उदयपुर कारागार पठाइएको सिआइबीले जनाएको छ।


  •  
  •  
  •