६ लाख रकमसहित ११ जना जुवाडे पक्राउ

42
  •  
  •  
  •  

पोखरा, १७ कात्तिक (अाेएनएस) :  प्रहरीले पाेखराबाट करीब ६ लाख नगदसहित ११ जना जुवाडेलार्इ पक्राउ गरेकाे छ।

बैदाम वडा प्रहरी कार्यालयले  पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठाबाट ५ लाख ९७ हजार ३ सय ६० रूपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई घर भई नयाँबजार बस्ने   सुनिल प्रसाद, मोतिहारीका राजुप्रसाद जैसवाल, अमरेन्द्र कुमार, लवकुश कुमार, रम्भुप्रसाद, धमेन्द्र प्रसाद, पप्पु जैसवाल र भारतकै शिवर जिल्ला घर भई नयाँबजार बस्ने  शिवनाथ पण्डितलगायत रहेका छन् ।


  •  
  •  
  •