मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

चरेश र डेढ लाख भारतीय रुपैयाँसहित चार जना पक्राउ

काठमाडौं, २७ पुस (ओएनएस) : प्रहरीले लागूऔषध चरेश र डेढ लाख भारतीय रुपैयाँसहित धादिङबाट ४ जनालाई पक्राउ गरेको ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले ४० किलोग्राम चरेश र १ लाख ६१ हजार २ सय भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भुमेस्थान–७ सिम्ले बस्ने शम्भु रिजाल, भारतीय नागरिक अकलेशकुमार भगत, सन्तोष पासवान र बिट्ट भन्ने मधु गिरी रहेको प्रहरीले जनाएको छ ।

भुमेस्थान–६ सिम्ले बजारमा शम्भु रिजालले ठूलो परिमाणमा लागूऔषध चरेशको बेच बिखन कारोवार गरिरहेको सूचनाका आधारमा उनीहरुलाई मंगलबार राति चरेश खरिदबिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु चरेश कारोबारी रहेको प्रहरीले जनाएको छ ।

Comments are closed.

'
Scroll To Top