बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन

नुवाकोट, ७ कात्तिक– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि नुवाकोटमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

डीएसपी सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा परिचालन भएको हो।

नुवाकोटमा सशस्त्र प्रहरीको स्थायी युनिट छैन। तसर्थ निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउ ‘निर्वाचन सुरक्षा बेश’ स्थापना गरी सशस्त्र प्रहरीको टोली परिचालन भएको हो।

सशस्त्र प्रहरी यसअघि वैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन पहिलोपटक नुवाकोट आएको थियो।

मंसिर १० गते हुने निर्वाचनमा लागि आइतबार उम्मेदवारी दर्तापछि चुनावी गतिविधि वृद्धि भएसँगै अहिले एक प्लाटुन रहेको फौज केही दिनमा १५ प्लाटुन जिल्लामा आउने डीएसपी थापाले जानकारी दिए।

Comments are closed.

'
Scroll To Top