रेशम चौधरीसँग जेलमै अनशन बसेका दुई नेतालार्इ अस्पताल भर्ना गरियो

264
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : रेशम चौधरीसँगै जेलमै अनशन बसेका दुई नेतालार्इ अस्पताल भर्ना गरिएकाे छ।
कैलाली कारागारमै आमरण अनशन थालेका २४ जना थुनुवामध्ये दुर्इ जनाकाे स्वस्थ्यमा समास्या देखिएपछि चेकजाँचका लागि अस्पताल पुर्‍याइएको छ ।
फागुन २० गते साँझदेखि विभिन्न मागसहित आमरण अनशन थालेका नेता लक्ष्मण थारु र किसन चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल पुर्‍याइएको कैलाली करागारका निमित्त जेलर भक्त बहादुर विष्टले अाेएनएसलार्इ जानकारी दिए।
अस्पतालका स्राेतका अनुसार लक्ष्मणको पेट र छातीमा समस्या देखिएको छ भने अर्का थुनुवा किसनको प्रेसर बढेको जनाइएको छ ।
अनशनलार्इ यसरी नै जारी राखे भने रेशम चौधरी लगायत अन्य कैदी नेताकाे पनि स्वास्थ्य स्थितिमा सामस्या अाउने कारागार प्रशासनले जनाएकाे छ।

तीन बुँदे माग राख्दै आमरण अनशनमा रहेका उनीहरू सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्रसहित शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरुलाई रिहाई गरिनुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । तर सरकारले हालसम्म उनीहरूको बारेमा बोलेको छैन ।

 

 


  •  
  •  
  •