एन्फाको अनियमितताबारे छानबिन गर्न समिति गठन

495
  •  
  •  
  •  

काठमाडौं, ८ माघ(ओएनएस) : युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको आर्थिक अनियमितताको छानबिन गर्न सहसचिव नेतृत्वको ३ सदस्यीय समिति गठन गरेका छ ।

समितिमा मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, उपसचिव समन्तमणी आचार्य र संघसंस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहेका छन् ।

अख्तियारले मन्त्रालयलाइ एन्फाको अनियमितताका बारेमा छानविन गर्न पत्र काटेपछि मन्त्रालयले समिती गठन गरेको हो । समितिले १० दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने बताइएको छ ।

एन्फाको नयाँ नेतृत्व चयनका बेला ठुलो भ्रष्टाचार भएको भन्दै अख्तियारमा असन्तुष्ट चार जिल्लाका अध्यक्षले निवेदन दिएका थिए ।

सोही आधारमा अख्तियारले अघिल्लो साता मन्त्रालयलाई पत्र काटेको हो  एन्फाविरुद्व चार जिल्ला फुटबल संघले आर्थिक अनियमितताको अडियो टेप सार्वजनिक गरेका थिए भने त्यसपछि आर्थिक अनियमितता गरेको भन्दै बुधागत रूपमा १४ वटा आरोप लगाएका थिए ।


  •  
  •  
  •