बीपी राजमार्ग : सर्वाेच्चकाे अन्तरिम अादेश पुर्नलाेकन हुनुपर्ने भन्दै व्यवसायीहरु आन्दोलित

36
  •  
  •  
  •  

काठमाडौँ, ३० जेठ (ओएनएस) : सर्वाेच्च अदालतले बीपी राजमार्गमा ठूला सवारी साधन संचालनमा राेक लगाउने अन्तरिम अादेश जारी गरेपछि रामेछापका व्यवसायीहरु आन्दोलित भएका छन्।

व्यवसायीहरुले अदालतकाे उक्त अादेश विरुद्धबुधबार जिल्ला सदरमुकाम मन्थली बन्द गराएका छन् । व्यवसायीहरुले अदालतकाे अादेश पुर्नलाेकन हुनुपर्ने भन्दै आन्दोलनमा उत्रेका छन्। राजमार्गमा सबैखाले सवारी संचालनको माग गर्दै

मंगलबारदेखि साता व्यापी आन्दोलनका कार्यक्रमहरु सर्वाजनिक गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
बुधबार जिल्ला सदरमुकामका सबै पसल व्ययवसाय बन्द गरी व्यवसायीहरुले सडकमा कालो तुल राखेर प्रदर्शन गरेका छन् । विभिन्न माग लेखिएका प्ले कार्डसहित बजार परिक्रमा गरेका व्यवसायीले २ घण्टा बजार ठप्प बनाएका थिए ।

सर्वोच्च अदालतले बीपी राजमार्गमा १८ जना यात्रु बोक्ने साधन र गाडिसहित १० टन वजन भएका मालवाहक सवारीभन्दा ठुला साधन संचालनमा रोक लगाउने अन्तरिम आदेश जेठ २१ गते दिएकाे थियाे। त्यसयता अाफुहरु उक्त राजमार्गबाट मालसामान ल्याउन नसकेकाे अान्दाेलनमा हाेमिएका ब्यवसायी राम बहादुर कडाँयतले बताए। यसअघि तराइबाट मध्यपहाडि जिल्लामा जोड्ने सबैभन्दा छोटो मार्ग रहेको बीपी राजमार्गबाटै निर्माण सामाग्री, खाद्यान्न र तरकारी लगाएतका सामाग्री ओसारपसार हुँदै आएका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here