सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

15
  •  
  •  
  •  

काठमाडौं, ३० पुस(ओएनएस) : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मोर्चा अध्यक्ष सीपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै जन आन्दोलन गर्ने चेतावनी दिए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गजुरेलले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको बताए ।

आगामी फागुन ७ गतेबाट मोर्चाले सरकारविरुद्ध ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा पनि गरेको छ ।

अध्यक्ष गजुरेलले नागरिकले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको बताए ।

संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प भएको उनको भनाइ छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here