सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन(फोटो फिचर)

53
  •  
  •  
  •  

काठमाडौं, ५ पुस(ओएनएस) : भक्तपुर मध्यपुर थिमीका वासिन्दाले सडक विस्तारको विरोध गदै बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

गैरन्यायिक रुपमा सडक विस्तारका साथै एक सय वर्ष पुरानो बस्तीलाई मापदण्डको नाममा समाप्त पार्न खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘ऐतिहासिक वस्ती मास्न पाइदैन उठीबास गर्ने विकास हामीलाई चाहिदैन’, अदालतको आदेश लागू गर भन्दै नारा लगाएका थिए ।

सडक विस्तारका नाममा जनताका निजी लालपुर्जा भएको जग्गाको समेत कुनै मुआब्जा नदिएको उनीहरुको भनाइ छ । सडक विस्तारबाट उपत्यकामा मात्रै करिब ३० हजार घर तोडिएको र तोडिनेवाला रहेको उनीहरुले बताएका छन् ।

 


  •  
  •  
  •