विश्वमै पहिलो पटक लिङ्ग र अण्डकोष प्रत्यारोपण

324
  •  
  •  
  •  

११ बैसाख : विश्वमै पहिलो पटक लिङ्ग र अण्डकोष प्रत्यारोपण भएकाे छ। अमेरिकामा डाक्टरहरुको एक समूहले विश्वमा पहिलो पटक लिङ्ग र अण्डकोष रहने थैलीको सम्पूर्ण प्रत्यारोपणमा पुर्वक सम्मपन्न गरेपछि घाइतेले नयाँ जीवन पाएका छन्।

अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयका शल्यचिकित्सकहरुले अफगानिस्तानमा बम हमलामा परेर घाइते भएका एक सेनामा यो शल्यक्रिया गरेका हुन् । उनीहरुले एक मृत दाताबाट लिइएको लिङ्ग, अण्डकोष रहने थैला र पेटको आशिंक भाग प्रयोग गरेका हुन् । डाक्टरहरुले उक्त सैनिकले केही समयपछि आफ्नो यौन क्षमता हासिल गर्न सक्ने बताए जुन पहिले लिङ्ग पुनर्निर्माणबाट असम्भव हुन्थ्यो । यो शल्यक्रिया २६ मार्चमा ११ सर्जनहरुले १४ घण्टा लगाएर गरेका थिए । कुनै शरीरको सम्पूर्ण तन्तु नै प्रत्यारोपण गरिएको यो पहिलो घटना हो ।

डाक्टरहरुले नैतिकता कारण दाताको अण्डकोष भने प्रत्यारोपण नगरिएको बताए । ‘अङ्गभङ्ग र त्यसले निम्त्याउने अपाङ्गता प्रस्ट देखिन्छ तर युद्धका केही चोटपटकहरु लुकेका हुन्छन् र तिनको असरहरु सर्वस्वीकृत पनि हुँदैन’, जोन हप्किन विश्वविद्यालयका प्लाष्टिक सर्जरीका प्रमुख एन्ड्यु लीले सोमबार भने । डाक्टर लिले योनाङ्गको घाउ ‘युद्धको अव्यक्त चोट’ भने । ‘सन् २०१४ मा जोन हप्किन्स विश्वविद्यालयले प्रायोजन गरेको ‘चोटपछि अत्मियता’ नामक एक गोष्ठीमा युद्धमा घाइते सेनाहरुको दम्पती, परिवार र सेवाप्रदायकहरुले तिनको यौनाङ्गमा पर्ने चोटले तिनको परिचय, आत्मसम्मान र आत्मिय सम्बन्धमा पर्ने गम्भिर असरबारे हामीलाई बताएका थिए’, उनले भने ।

आफ्नो नाम बताउन नचाहेको प्रत्यारोपण गरेका सैनिकले विश्वविद्यालयले जारी गरेको एक वक्तव्यमा भनेका छन्, ‘जब म व्युझिएँ, आफू सामान्य भएको पाएँ ,अन्ततः ठीक भएको जस्तो लाग्दैछ ।’ उनलाई अफगानिस्तानमा एक बारुदी सुरुङ्गमा टेकेपछि चोट लागेको थियो । चिकित्सकीय भाषामा यो शल्यक्रियालाई ‘भ्यास्कुलराइज्ड कम्पोजिट एल्लोट्रान्सप्लान्टेसन’ भनिन्छ । यस प्रक्रियामा छाला, हड्डी, माँसपेसी, टेन्डन(हड्डी जोड्ने पदार्थ) र रगतका नसाहरु सबै प्रत्यारोपण गरिन्छ ।

यो शल्यक्रियाको अनुसन्धान गरेको जोन हप्किन यौनाङ्ग प्रत्यारोपण कार्यक्रम शुरुमा पोष्ट–ट्रम्याटिक (अत्यन्त गम्भिर घटना देखेका मानिसमा पर्ने मानसिक असर) बारेमा केन्द्रित थियो । विशेष सेनाहरुमा यो समस्याका कारणले परम्परागत अवस्थामा भन्दा घाउ निको हुन गाह्राे हुन्छ । शल्यक्रिया समूहमा सहभागी विज्ञहरुले शल्यक्रिया भएको सेना ६ देखि १२ महिनासम्म ठीक भइसक्ने भनेका छन् ।

योनाङ्ग र पिसाबसम्बन्धी प्रत्यारोपण कार्यक्रमका चिकित्सकीय निर्देशक डा. रिक रेडेटका अनुसार उपचार भएको सेनामा निक्कै सुधार आइसकेको छ र उनी यो हप्तामा अस्पतालबाट डिस्चार्ज हुनेछन् । यो प्रत्यारोपणले उनको पिसाब सम्बन्धी र यौन क्षमता पुन फर्काउनेछ र उनले सामान्य जीवन बिताउन सक्नेछ भन्ने आशा रहेको छ । डा.रेडिटले भने, ‘भावि दिनमा अन्य विरामीहरुमा पनि यस्तो प्रक्रिया प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’ प्रत्यारोपण समूहले विश्वविद्यालयले यो कार्यक्रम अन्तर्गत ६० वटा यौनाङ्ग प्रत्यारोपण शल्यक्रियालाई स्वीकृती दिएको बतायो । विश्वमा पहिलो पटक लिङ्गको मात्र प्रत्यारोपण भने सन् २०१४ मा दक्षिण अफ्रिकामा भएको थियो । एजेन्सी


  •  
  •  
  •