मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

इरानका पूर्वराष्ट्रपति अलि अकबरको निधन

Ali Akbar Hashemi Rafsanjaniकाठमाडौँ,  पुस (एजेन्सी) : इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको ८३ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वराष्ट्रपति अलीको हृदयघातका कारण निधन भएको बीबीसीले जनाएको छ ।

अलीलाई ह्दयघात भएपछि राजधानी तेहरानको एक अस्पतालमा भर्ना गरिएको थियो । र, उपचारको क्रममा निधन भयो ।

१९८९ देखि १९९७ सम्म इरानका राष्ट्रपति रहेका अलीले सन् २००५ को निर्वाचनमा भने हार व्यहोर्नु परेको थियो । सन् १९८० पछि उनलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।

सन् १९७९ को क्रान्तिमा मुख्य भूमिका खेलेका उनी आफ्नो जीवनको उतरार्द्धमा अनुदार कट्टरपन्थीहरुका लागि एउटा चुनौती बनेका थिए ।
पूर्व राष्ट्रपतिको निधनमा इरानमा ३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । तेहरानमा उनको अन्त्येष्टी गरिने दिन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

Comments are closed.

'
Scroll To Top