अवैध घरेलु मदिरा बरामद गरी नष्ट

587
  •  
  •  
  •  

बाजुरा, २७ कात्तिक (ओएनएस) : मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधीसभाको चुनावलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध रुपमा तयार पारेको घरेलु मदिरा बरामद गरी नष्ट पारेको छ ।bajura

चुनावको मिति नजिकिदै गर्दा कार्यकर्ताले अवैध मदिरा सेवन गरी झैझगडा हुन सक्ने भन्दै अवैध रुपमा तयार पारेको घरेलु मदिरा बरामद गरी नष्ट पारेको हो । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक जगदिस भट्टका अनुसार चुनावलाई मध्य नजर गरि जिल्लामा सुरक्षा निकाय थप सजग भएको हो ।

अवैध घरेलु मदिराका कारण झैझगडा बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लाका ४ नगरपालिका र ५ गाउपालिका गरी ९ वटै स्थानिय तहमा अवैध मदिरा नष्ट पार्ने अभियान चलाएको भट्टले बताए । सोमवार मात्रै विमानस्थल सुरक्षा गार्ड कोल्टीबाट खटिएको टोलीले बुढिनन्दा नगरपालिका १, २ र ५ मा १२ सय ६३ लिटर अवैध घरेलु मदिरा बरामत गरी नष्ट पारेको प्रहरी निरिक्षक भट्टले बताएका छन ।bajura2

खाद्यान्न अभाव भइरहने बाजुरामा घरेलु मदिरा बनाउनका लागी चामल, कोदो, जस्ता खाद्यान्नको प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ । चुनावलाई लक्षित गर्दे जिल्लामा सञ्चालनमा रहेका मदिरा पसलहरुमा पनि रातीको ८ वजे पछि विक्रि बितरण गर्न नपाउने व्यबस्था गरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •