नायक एजाज खान हिरासतमा, महिलालाई अश्लील फोटो पठाएको आरोप

390
  •  
  •  
  •  

काठमाडौं,  मंसिर (एजेन्सी) : पटकपटक विवादमा मुछिदै आएका बलिउड नायक एजाज खानलाई प्रहरीले पक्राउ गरको छ ।

एजाज खानले एक महिलालाई अश्लील एमएमएस र फोटो पठाएको आरोपमा मालवणी प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मालवणी प्रहरीले एजाज खानविरुद्ध मुद्दा दर्ता गराएर आइतबार नै अदालत पेश गरेको जनाइएको छ ।   खानले यस अघि पनि एक मोडेलाई अश्लील एसएमएस र फोटो पठाएको आरोप लागेको थियो ।


  •  
  •  
  •