ललितपुरमा सोफा गोदाममा आगलागी, लाखौंको क्षति

30
  •  
  •  
  •  

ललितपुर, २१ पुस(ओएनएस) : ललितपुरको नख्खुमा रहेको एक सोफा गोदाममा लागेको आगो झन्डै दुई घन्टापछि नियन्त्रणमा आएको छ ।

फाइल तस्बिर

विहान साढे १० बजेतिर ललितपुर उपमहानगरपालिका–४ राष्ट्रपति मार्गमा रहेको फर्निचर उद्योगमा लागेको आगो दमकल, सुरक्षाकर्मी र स्थानीयले करिव दुई घण्टापछि नियन्त्रणमा लिएका हुन् ।

आगलागीको कारण खुल्न सकेको छैन । स्थानीयले भने ताप्न बालिएको दाउराबाट आगो सल्केको हुनसक्ने अनुमान गरेका छन् ।

फर्निचर उद्योग भारतीय नागरिकले सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट उद्योगमा रहेका लाखौं मुल्य बराबरको फर्निचर र काठ जलेर नष्ट भएको छ ।


  •  
  •  
  •