त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सफाई अभियान सकियो

sharma ji
काठमाडौं, १६ साउन (अाेएनएस) : एक महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा सरसफाई अभियानको सोमबार समापन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले सुरु गरेको उक्त अभियान एक महिनापछि सकिएको हो ।

सोमबार राजधानीका एक कार्यक्रमको आयोजना गरि सफाई अभियान सकिएको घोषणा गरिएको छ ।
समापन कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, सफाई अभियन्ता खेम शर्मालगायतको सहभागिता रहेको थियो ।

एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक तथा गुणस्तरिय सरसफाई गरी पर्यटकको आगमनलाई सहज बनाउनका लागि ‘अतिथि देवो भव अभियान’ अन्तर्गत सरसफाइ अभियान सुरु गरेको थियो ।

एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भवन भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबाट हस्ताक्षरित सहमति बमोजिम एक महिना अघि (जुलाई १ मा) सरसफाई अभियान सुरु भएको थियो । संस्थाले विमानस्थल कार्यालयलाई सरसफाई सामाग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ।

एक महिनाको अवधिमा विमानस्थलको मुहार नै परिवर्तन भएको छ । समापन कार्यक्रममा उक्त अभियानमा खटिने स्वयमसेवक, कर्मचारी तथा प्राविधिकहरुलाई संयुक्त रुपमा खादा, माला लगाएर बरिष्ठ उपाध्यक्ष भट्टले सम्मान गरेका हुन् ।

कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भट्टले नेपालको प्रवेशद्वारनै विमानस्थल भएकोले यसको सरसफाई सबैको जिम्मेवारीभित्र पर्ने बताउँदै यो एक महिनामा विमानस्थलको मुहार साँच्चिकै परिवर्तन भएको आफूले पाएको बताए ।

‘विदेशमा हुँदा मलाई ठूलो कौतुहलता थियो, सफाई अभियानपछि विमानस्थल कस्तो भयो होला भनेर, आज म विमानस्थलमा ओर्लिनेवित्तिकै एक चरण सरर निरीक्षण गरेँ, उनले भने, ‘विमानस्थल साँच्चिकै चम्किएछ, सबै टल्किएको देखें, म निकै खुशी छु, यसमा खटिने सबैलाई धन्यबाद ।’ उनले अझै पनि अन्य धेरै ठाउँमा सरसफाई गर्न बाँकी रहेको बताए । उनले यो सुरुवात मात्रै भएको बताए ।

त्यस्तै उनले नेपालले पर्यटन क्षेत्रमा ठूलो प्रगति गर्न सक्ने बताउँदै आगामी दिनमा यो क्षेत्रलाई अझै सशक्त र प्रभावकारी ढंगमा अघि बढाउनुपर्नेमा जोड दिए ।

विमानस्थल सरसफाई गर्न विगतमा भइरहेका सरसफाईलाई प्रविधिमैत्री बनाउन आफूहरुले सहयोग गरेको बताउँदै भट्टले भने ‘यो कार्यक्रम अब निरन्तर रुपमा चल्छ र विमानस्थल पर्यटनमैत्री हन्छ।’

कार्यक्रममा नागरिक, उड्डयन तथा पर्यटनमन्त्री जितेन्द्र देवद्धारा अभियानले नेपालको त्रिभुनव विमानस्थलको मुहार फेरेको आफूले तस्विरमार्फत थाहा पाएको भन्दै भिडियोमार्फत बधाई तथा धन्यवाद दिएका थिए । त्यस्तै मन्त्री देवले आफूले अभियानमा जस्तोसुकै सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

सफाई अभियानका अभियन्ता एवम् गैर आवासीय नेपाली संघ अष्टे«लियाका नेता खेम शर्माले सबैको साथ र सहयोगबाट अभियान सफल भएको बताउँदै सबैमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै उनले आफू लगायत अभियानमा संलग्न भोलुन्टियर्स, प्राविधिकहरुले चार हजार पाँच सय घण्टा श्रमदान गरेको जानकारी दिए ।

शर्माले यो एक महिनाको अवधिमा आफूहरुले काठमाडौं सुत्नेवित्तिकै विमानस्थल सफाईमा आफूहरुको जुट्ने गरेको अनुभव सुनाए । त्यस्तै सफाई अभियानमा जुटेका करिब ३० जनालाई बरिष्ठ उपाध्यक्ष भट्टद्धारा सम्मान गरिएको थियो ।

SHARE