बक्यौता नतिरेपछि सौर्य एयरलाइन्सको उडान बन्द

22
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई ३ करोडभन्दा बढी बक्यौता नतिरेपछि सौर्य एयरलाइन्सको उडान बन्द भएको छ ।

कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार एयरलाइन्सले बारम्बार बक्यौता तिर्न समय दिए पनि रकम भुक्क्तानी नगरेपछि नियमित उडान बन्द गराइएको हो ।

एयरलाइन्सले सोमबार भित्र केही बक्यौता चुक्ता गर्ने जनाएको छ । एयरलाइन्सले बक्यौता चुक्ता नगरेसम्म उडान हुन नदिने प्रमुख क्षेत्रीले बताए ।

एयरलाइन्सले माघदेखि ताकेता गर्दा अहिलेसम्म १ करोड ७० लाख रुपैयाँ तिरेको विमानस्थल कार्यालयले जनाएको छ । अब तिर्न बाँकी झन्डै तीन करोड छ ।

साउनको अन्तिम साता व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो ।

खरिद गर्दा एयरलाइन्सले विमानस्थल कार्यालयलाई बाँकी रहेको रकम तिर्ने सहमति भएको थियो । तर, नयाँ व्यवस्थापनले एयरलाइन्स कम्पनी खरिद गरेर नियमित उडान शुरु गरेको तीन महिना हुँदा पनि बक्यौता चुक्ता गरेको छैन ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here