सरकारले लगायाे एअार्इजीकाे टुङ्गाे, तीन पदमा १० को प्रतिस्पर्धा, काे-काे छन् प्रतिस्पर्धामा?

263
  •  
  •  
  •  

काठमाडौँ, २७ जेठ (ओएनएस) : नेपाल प्रहरीमा लामाे समयदेखि राेकिएकाे एअार्इजी बढुवाकाे बाटाे खुलेकाे छ। सरकारले नेपाल प्रहरीमा एआईजी दरबन्दीको टुंगो लगाएपछि बढुवाकाे बाटाे खुलेकाे हाे।

एआईजी दरबन्दीको टुंगो लागेसँगै बढुवाका लागि गृहकार्य सुरु भएको स्राेतले बताएकाे छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रशासनतर्फ एआईजीका सबै दरबन्दी रिक्त छन्। गृहले तत्काल एअार्इजी नियुक्तिकाे प्रक्रिया थाल्ने बताइएकाे छ।

अाइतबार बसकाे मन्त्रिपरिषद्काे बैठकले एअार्इजी पदकाे टुङ्गाे लगाएकाे हाे। बैठकले अब नेपाल प्रहरीमा एअार्इजीकाे तीन पद रहने निर्णय गरेकाे छ। तीन पदका लागि १० जना डिआईजीहरु बढुवाको प्रतिस्पर्धामा देखिएका छन्।

बढुवाका प्रमुख आकांक्षीहरुमा पुष्कर कार्की, उत्तम कार्की, ठूले राई, मनोज नेउपाने, पवन खरेल, ज्ञानबिक्रम शाह, छविलाल जोशी, सुरेशबिक्रम शाह, धिरु बस्नेत र शरद चन्द बढुवाको प्रतिस्पर्धामा छन्।उनीहरुमध्ये उत्तक कार्की, पवन खरेल, छविलाल जोशी र शरद चन्दले आगामी असार ३० गतेदेखि अवकाश पाउँदैछन्।


  •  
  •  
  •