एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

525
  •  
  •  
  •  

काठमाडौं , ८ असाेज (ओएनएस) : नायव महानिरीक्षक (डीअार्इजी)बाट अतिरिक्त महानिरीक्षक (एअार्इजीमा)मा बढुवा भएका तीन जनालार्इ दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल (अार्इजीपी)ले एअार्इजीमा बढुवा भएका पुष्कर कार्की, ठुले राई र धिरू बस्न्यातलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

कार्की, राई र बस्न्यात नेपाल सरकार मन्त्रीपरिषदको असोज ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए।


  •  
  •  
  •