आगलागीबाट हजारौँ मानिस विस्थापित

11
  •  
  •  
  •  

एजेन्सी । न्युजिल्यान्डको दक्षिण टापुस्थित जंगलमा लागेको आगलागी अझैं नियन्त्रणमा आउन सकेको छैन् ।
आगलागीका कारण अहिलेसम्म हजारौँ मानिस विस्थापित भएका छन् ।

फाइल तस्बिर

एक साताअघि नेल्सन शहर नजिकैको जंगल क्षेत्रमा आगलागी शुरु भएको थियो । त्यस क्षेत्रमा तीव्र गतिमा हावा चल्दा आगलागी नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको छ ।

जंगल क्षेत्र नजिकै रहेको एउटा नगरमा आगो सल्किन सक्ने जोखिम बढेको छ । न्युजिल्यान्डको आपतकालिन सेवा विभागले आगलागीपछि तीन हजार मानिस विस्थापित भएको जनाएको छ ।

न्युजिल्यान्डमा ६५ वर्षपछि जंगल क्षेत्रमा यति ठूलो आगलागी भएको बताइएको छ। आगालागी फैलिँदै गए ६५ हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
सरकारले आगलागी नियन्त्रणका लागि २३ हेलिकप्टर र २ वटा विमानसहित अग्निनियन्त्रकहरु परिचालन गरेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here