शहीद स्मारक ए डिभिजन लिग : मनाङ मस्र्याङ्दीले ट्रफी उठाउँदै

20
  •  
  •  
  •  

काठमाडौं, २४ पुस(ओएनएस) : शहीद स्मारक ए डिभिजन लिगमा दुई खेल अगावै च्याम्पियन बनिसकेको मनाङ मस्र्याङ्दी क्लबले ट्रफी उठाउँदैछ ।

आज हुने फ्रेन्ड्सविरुद्वको अन्तिम खेलमा उसलाई नतिजाले असर पर्ने छैन । तर पनि जित हासिल गरेको खण्डमा उसले शतप्रतिशत जित हासिल गर्ने छ ।

लिगमा शतप्रतिशत जित निकालेर ३६ अंक जोडेको मनाङ अब एक जितबाट टाढा छ ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले लिग जितिसकेको अवस्थामा शतप्रतिशत जितको कीर्तिमानका लागि खेल्ने बताए ।

जारी लिगमा फ्रेन्ड्सको कमजोर प्रदर्शन भइरहँदा मनाङका लागि कीर्तिमानी यात्रा सहज हुन सक्छ ।
झण्डै पाँच वर्षको अन्तरालमा गएको असोज १३ गतेदेखि शुरु भएको ए डिभिजन लिग ३ महिना १० दिनपछि मंगलबार सकिन लागेको हो ।

लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने दोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौं भएको एपीएफले ७ लाख र छैटौं भएको नेपाल पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही एक एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् ।


  •  
  •  
  •