बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

बस दुर्घटनामा ३ महिलाको मृत्यु ३७ घाइते

कैलाली, २६ कात्तिक (ओएनएस): बैतडीबाट महेन्द्रनगर गईरहेको ना.४ ख २७२३ नम्बरको बस दुर्घटना हुदा ३ जना महिलाकोे मुत्यु हुनाका साथै ३७ जना घाईते भएको प्रहरीले जनाएको छ ।

बस आइतवार विहान ५ बजे कैलालीको धुब्रेनी गाउपालिका वडा नं ३ मा दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा शिवनाथ गाउपालिका ६ कि ६४ बर्षीया झुम्कीदेबी चन्द,पञ्चेश्वर गाउपालिका ४ बस्ने २४ वर्षीया कविता तिवारी र ठेगाना खुल्न बाकी १९ वर्षीय रेवती भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।  तीन जनालाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

३४ जना घाइतेहरुको कैलाली स्थिती पद्मामा अस्पताल अत्तरियामा उपचार भइरहेको र २ जनालाई थप उपचारका लागी भारतको हलदवानी लगेको प्रहरीले जनाएको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताउको छ । बस तिव्र गतीमा भएकाले मोडमा कन्ट्रोल  गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ४० जना यात्रु सवार रहेका थिए ।

Comments are closed.

'
Scroll To Top