दुर्घटनाग्रस्त विमानमा फेला परेको शव खेलाडी एमिलियानो सालाको

17
  •  
  •  
  •  

एजेन्सी : दुर्घटनाग्रस्त विमानमा फेला परेको शव कार्डिफ सिटीका खेलाडी एमिलियानो सालाको भएको प्रहरीले पुष्टि गरेको छ ।

२८ वर्षीय फुटबलर एमिलियानो साला पाइलट डेविड इब्बोटसनसँग विमानमा कार्डिफको यात्रा गरिरहेका थिए । उनी २१ जनवरीबाट हराइरहेका थिए ।

बुधबार अबेर मात्र उनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार रातिमात्र शवको पुष्टि भएको हो ।

अनुसन्धानमा संलग्न अधिकारीले शरीरलाई पोर्टल्याण्ड पोर्टमा ल्र्याएको र परीक्षण गर्दा व्यवसायिक फुटबलर सालाको औपचारिक रुपमा पहिचान खुलेको बताएका छन् ।

गएको सोमबार विमानमा शव देखिएको थियो । निकै चुनौतीपूर्ण रुपमा अधिकारीले शवलाई प्राप्त गर्न सफल भएका बताएका छन् ।

हवाई दुर्घटना अनुसन्धान शाखाले सम्भव भएअनुसार शवलाई निकालिएको र सबै समय परिवारलाई जानकारी गराइएको बताएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here