अटो रिक्सा दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

18
  •  
  •  
  •  

चितवन, २६ पुस(ओएनएस) : चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना २ ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् ।

गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौं सिफारिश गरिएको अस्पतालले जनाएको छ । अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here