जीप दुर्घटनामा एकको मृत्यु

9
  •  
  •  
  •  

रुकुम, २४ कात्तिक (अाेएनएस) : रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  बाँफिकोट गाउँपालिका–३ दहखोलामा जीप दुर्घटना हुँदा चालक आठबिसकोट नगरपालिका–१ का टेकमान विकको मृत्यु भएको हो।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

जीप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। विक जीप लिएर नेपानेमा रहेको ससुराली गइरहेका बेला  दुर्घटना भएकाे बताइएकाे छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here