नेपालको लगातार पाँचौं हार, भारतसँग २१ रनमै अलआउट

432
  •  
  •  
  •  

nepali cricket team 1काठमाडौँ, १७ मंसिर  (ओएनएस) : एसिया कप महिला क्रिकेट प्रतियोगितामा नेपालले भारतसँग ९९ रनले पराजित भएको छ ।

बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा शुक्रबार विहान भएको खेल २१ रनमै अलाउट भयो । नेपालको यो लगातार पाँचौं हार हो ।
१ सय २१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर २१ रनमै समेटिएपछि भारत ९९ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

नेपालले शुक्रबार पनि सुरुवात राम्रो गर्न सकेन । ५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालले ९ रन बनाउदा ३ विकेट खेर फाल्यो ।
नेपालले १० रनमा ५ विकेट गुमायो । त्यसपछि थप ११ रन जोडदा नेपालले बाँकी ५ विकेट पनि खेर फाल्दै २१ रनमै अलआउट भयो । नेपालले १६ ओभर ३ बलमा आफ्नो पारी ध्वस्त बनायो ।

यो नेपाली महिला क्रिकेटको इतिहासमा सबैभन्दा कम रन हो । यसअघि नेपाल पाकिस्तानससँ २३ रनमा अलआउट भएको थियो । जारी प्रतियोगितामा नेपालले कुनै पनि खेलमा पुरै २० ओभर खेल्न सकेको छैन ।

यसअघि ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २० रन बनायो । सुरुवातमै कप्तान रुविना क्षेत्रीले भारतका २ विकेट लिँदै नेपाललाई सफलता दिलाएकी थिइन् । उनले भिलासवामी भनिथालाई २१ र मेघनालाई ४ रनमा आउट गरेकी थिइन् । तर, शिखा पाण्डेले आक्रमक ब्याटिङ गर्दै अविजीत ३९ रन बनाएपछि भारतले नेपाल सामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतका लागि अनुजा पटीलले १६ र मुजहात परविनले १३ रनको योगदान दिए । नेपालका सीता राना मगर र करुणा भण्डारीले १÷१ विकेट लिए ।

यसअघि पाकिस्तान, श्रीलंका र बंगलादेश र थाइल्णडसँग फराकिलो अन्तरको पराजित भएको नेपालले शुक्रबार पनि आफ्नो शाख जोगाउन सकेन । जारी प्रतियोगितामा भारत शत प्रतिशत नतिजा निकाल्ने एक मात्र टिम हो ।


  •  
  •  
  •