दैलेख जिप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

53
  •  
  •  
  •  

दैलेख, १२ मंसिर(ओएनएस) । दैलेखको ठाटीकाँध गाउँपालिकामा बुधबार बिहान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिका–१ का ३० वर्षीय निर्मल बम, वडा नम्बर २ का जीप चालक रमेश शाही, वडा नम्बर ४ की रत्ना शाही र राजेन्द्रबहादुर शाही, ठाटीकाँध ४ का दिलिप शाही र वडा नं १ का सम्शेर पुनको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार  रमेश शाही, निर्मल बमको घटनास्थलमै मृत्यु भएको हो भने चार जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको थियो । जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेर टुक्रा–टुक्रा भएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

यो पनि हेर्नुहोस्

जिप दुर्घटनामा दुईको मृत्यु, ६ घाइते

 


  •  
  •  
  •