कहिले बनेका हुन् यी देवल ? जसकाे अभिलेख छैन् ! (फोटो फिचर)

262
  •  
  •  
  •  

 

मुगु, २५ बैशाख (अाेएनएस) : हिमाली जिल्लाकाे रुपमा रहेकाे मुगुमा ऐतिहासिक धरोहर ढुङ्गाले कुदेर बनेका थुप्रै देवलहरु रहेका छन् । तर देवलकाे निर्माण कहिले र कसकाे पालामा भएकाे त्यसकाे अभिलेख कुनैपनि ठाउँमा नरहेकाे त्यहाका स्थानीयवासीहरुकाे भनार्इ छ।

देवल किन निर्माण गरिएकाे र यसले के अर्थ दिन्छ त्यसकाे पनि स्थानीयहरुकाे फरक फरक भनार्इ छ।

यहाँ थुप्रै देवलहरु छन् तर राेचक कुरा के छ भने छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडा गाउँको दायाँ पटी २० फिट अग्लो देवल मात्र पुरा देवलकाे रुपमा निर्माण भएकाे देखिन्छ। अन्य कार्कीवाडा, चैन, रारा र रोवा लगायतका ठाउँमा देवल छन तर सबै अर्ध निर्मित छन ।

किन कुनै ठाउँमा निर्माण भएकाे देवल पुर्ण निर्मित छन् कुनै ठाउँमा अर्ध निर्मित छन्, यस विषयमा छायाँनथ रारा नगरपालिका वडा नं ४ भामवाडाका ८५ बर्षीय वृद्ध बौद्धे भामाले भिमसेन थापाका पालामा देवल निमार्ण भएका र दैलेख बाट ढुगां गाधामा ल्याई एकै रातमा देवाल निमार्ण गरेका हुन भन्ने अगाडीका ब्यक्ति बाट आफुले सुनेको बताए।

उनले भने,’एकै रातमा देवल निमार्ण गरिएका र यो भामवाडा गाउँमा रहेको देवल मात्र पुरा देवल भएको र अन्य ठाउँका देवल बनाउदाँ बनाउदै उज्यालो भएकाले अपुरा देवल भएका हुन भन्ने सुनेको हुँ।’

यता अर्का स्थानीय कालीबहादुर भामका अनुसार भामवाडा गाउँमा रहेको देवलमा एक पटी तेलको कुवा एक पटी दुधको कुवा र दुईवटा पानीका धारासहितको देवल निर्माण भएको थियो भन्ने सुनेको बताए ।

एउटै ढुगांले निर्माण भएको भामवाडा गाउँम रहेको देवलमा जथाभावी फोहोर छाउपडी भएका महिला नुहाउने गर्नाले तेलको कुवा दुधको कुवा पानीका धारा सबै सुकेको अग्रज बुढापाखा बाट सुनेको उनको भनाई छ ।

देवल संरक्षणमा युवा हरु जुट्दै

ऐतिहासिक धरोहर भामवाडा गाउँको दायाँ पटी रहेको देवल संरक्षण तथा प्रचार प्रसार गर्नु पर्ने भन्दै युवा हरु लागी परेका छन ।

प्राचिनकालको सभ्यता ऐतिहासिक धरोहर लाई बचाई राख्न तथा देवल लाई प्रचार प्रसार गरी पर्यटक ल्याउन सकिने भन्दै युवा हरु देवल संरक्षण तथा प्रचारप्रसारमा लागी परेका हून ।

देवल संरक्षण तथा घेरबारका लागि छायँँनाथ रारा नगरपालीकाले ५ लाख विनियोजित गरेको भएपनी भामवाडाँँ गाउँका युवा हरुले ईस्टमेट भन्दा बढीको काम गरेका छन।

उक्त देवल आफनो सम्पति हो भनी बचाई राख्नु पर्छ, संरक्षण गर्नुपर्छ भन्ने मान्यतका साथ आफुहरुले देवल निमार्ण तथा संरक्षका लागी नगरको ईस्मेट भन्दा राम्रो काम गनु पर्छ भन्ने मान्यतका साथ भामवाडाका युवा लागी परेका देवल निमार्ण समितिका अध्यक्ष बिजय कुमार भामले बताए ।

उनीहरुका अनुसार यस्ता ऐतिहासिक धरोहर मुगुमा हुँदा हुँदै पनि ओझलपा परेका र यस्ता एैतिहासिक धरोहर लाई बाचाई राखि प्रचार प्रसार गरेमा राम्रै आम्दानिको स्रोत बन्न सक्ने छ । देवल निमाणको काम ९० प्रतिशत सकिएको र बाँकी रगं रोघन गरी देवाल निमार्ण समितिले जनाएको छ । आगामी दिनमा नियमित पुजा पाठ गरी देवलको प्रचार प्रसार गरीने भामवाडाका युवाहरुको भनाई छ ।


  •  
  •  
  •