नेपाल आइडलबाट काे बाहिरिए ?

9
  •  
  •  
  •  

काठमाडाैँ, १७ कात्तिक (अाेएनएस) : चर्चित रियालिटी शो नेपाल आइडल – २ बाट प्रतिस्पर्धीमध्ये एक जना बाहिरिएका छन्। उक्त शाेबाट सुर्खेतका सुविन सिंह बाहिरिएका हुन्। उनले सबैभन्दा कम भोट ल्याएको आधारमा बाहिरिन पुगेका हुन् । नेपाल आइडल आउनुअघि उनी कतार बसेर फर्किएका हुन्।
सानैदेखि संगीतमा रुचि राख्ने सिंह यही क्षेत्रमा प्रवेष गर्ने उनकाे लक्ष्य रहेकाे छ।

प्रतियोगिता बाहिरिँदा अलिकति जिम्मेवारी, अलिकति खुसी र थोरै दुःख लागेको उनले प्रतिक्रिया दिए । नेपाल आइडलले आफ्नो लक्ष्य पूरा गर्न बाटो खोलिदिएकोमा उनले कार्यक्रमप्रति आभारी व्यक्त गरे।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन २ गत साउन २४ देखि सुरु गरिएको हो।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here