शहीद स्मारक ‘ए’ डिजिभन लिग : एनआरटी पराजित

26
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफले सात अंक जोड्दै सातौँ स्थानमा उक्लेको छ ।


  •  
  •  
  •