सहिद स्मारक ए डिभिजन लिग : पुलिस र शेर्पाबीचको खेल बराबरीमा

22
  •  
  •  
  •  

काठमाडौं, २२ मंसिर (ओएनएस) । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा भएको खेलमा पुलिस र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका हुन् । खेलमा सुरुवाती अग्रता भने नेपाल पुलिसले लिएको थियो । नेपाल पुलिसका भरत शाहले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए ।

तर, खेलको ७० औं मिनेटमा विश्वास श्रेष्ठले हिमालयन शेर्पाका लागि बराबरी गोल फर्काए। बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाडेका हुन् ।

बराबरीसँगै ७ खेलबाट ११ अंकका साथ पुलिस लिगको पाँचौ स्थानमा यथावत छ भने समान खेलबाट ११ अंक नै जोडेको हिमालयन शेर्पा गोल अन्तरमा पछि पर्दै तालिकाको छैठौं स्थानमा छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here