ए डिभिजन लिग : आज दुई खेल हुने

18
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

अर्को खेलमा ब्रिगेड ब्वाईज क्लब मछिन्द्र क्लबसँग भिडनेछ् । उपाधी दावेदार ठानिएको आर्मी फ्रेन्ड्सलाई हराएर लिगको दोस्रो स्थानमा उक्लने प्रयासमा हुनेछ ।

तर दोहोरो पहेलो कार्डका कारण कप्तान भरत खवास र चोटका कारण फरवार्ड नवयुग श्रेष्ठ मैदान बाहिर रहेकाले आर्मीलाई चुनौती दिने प्रयासमा फ्रेन्ड्स क्लब हुनेछ । आर्मी ५ खेलबाट १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । फ्रेन्ड्स ४ अंक सहित तालिकाको १० औ स्थानमा छ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले शुरु हुँदैछ । अंक तालिकाको अन्तिमतिर रहेका दुई टोली ब्रिगेड र मछिन्द्रलाई छैटौ चरणको खेलमा जित निकाल्दै अंक तालिका सुधार गर्ने प्रयास गर्नेछन ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here