ए’ डिभिजन फुटबल : आज तीन खेल हुँदै

18
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर (ओएनएस) । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।

आजको पहिलो खेल मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । यस्तै च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ । यस्तै आजको तेस्रो खेले हल्चोक मैदानमा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

शीर्ष स्थानको मनाङको पाँच खेलबाट १५ अंक जोडेको छ । जावलाखेल युथ क्लब चार अंकसहित तालिकाको ११ आँै स्थानमा छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here