८८ केजी सुन प्रकरणमा थप पाँच जना पक्राउ

gold
काठमाडौं, ४ असोजव (ओएनएस): ८८ केजी सुन प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले थप पाँच जना सुन व्यावसायीलाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

प्रहरी टोलीले यसअघि ८८ केजी सुनसहित काठमाडौँको क्षेत्रपाटीमा गाडी पार्किङ गरिहरेको अवस्थामा चालक मनोज अधिकारीसहित नियन्त्रणमा लिएको थियो ।

SHARE