रक्सी खाएको बेलामा यस्ता ७ काम गर्दै नगर्नुस्…

1422
  •  
  •  
  •  

drinking-alcoholकाठमाडौ/असार : हामी साथीभाईसँग रमाइलोको लागि तथा कुनै पार्टी या पर्वमा रक्सी पिउने गर्छौ । रक्सीको मात्रा मिलाएर पिउनाले फाइदा गर्छ तर मात्रा मिलाएर खान नसक्दा भने यसले शरिरलाई हानी पुर्याउँछ । रक्सीको मात्रा मिलाएर नखाने तथा शररिरले थेग्ने भन्दा बढि प्रयोग गर्दा यसले आफूलाई मात्र नभइ अन्यलाई समेत चोट तथा समस्यामा पार्न सक्छ । रक्सी खाएपछि गरिने केही कामले त तपाईको सम्बन्ध, जागिर तथा अन्य कुराहरु समेत भताभुङ्ग हुन सक्छ । त्यसैले सकेसम्म रक्सीको मात्रा मिलाएर आफ्नो शरिरले थेग्ने गरी मात्र खाने वा रक्सी खाएको बेलामा तपाईलाई भविष्यमा हानी पुर्याउन सक्ने कार्यहरू गर्नु हुँदैन । केही यस्ता कार्यहरू छन् जुन रक्सी खाएको बेलामा नगर्नु राम्रो हुन्छ । ती कामहरू के-के हुन् थाहा पाइराखौ…

  • ड्राइभिङः रक्सी खाएको बेलामा ड्राइभिंग नगर्नु राम्रो हुन्छ । रक्सीको नशामा सवारी साधन चलाउँदा दुर्घटना हुन सक्छ र ज्यान समेत जोखिममा पर्न सक्छ । यसले आफ्नो जीवन मात्र नभई आफूसँग रहेका अन्य व्यक्ति तथा बाटोमा हिडिरहेका मानिस तथा अन्य सवारी साधन समेत दुर्घटनामा पर्न सक्ने सम्भावना हुन्छ ।
  • अनलाईनमा फोटो अपलोड नगर्नेः रक्सी पिएको बेलामा दिमागले कुन काम कसरी गर्ने भन्ने सोचाईलाई समेत असर गर्छ । आजकल रक्सी पिएको बेलामा मानिसहरुले इन्टरनेट समेत चलाइरहेका हुन्छन् । यस्तै अवस्थामा केहिले त तस्विरहरू खिचेर अनलाईनमा पोष्ट समेत गर्छन् । यस्तो कार्यले तपाई तथा तपाईसँग रहेका साथीहरुलाई समेत असर गर्न सक्छ । तपाईका ती तस्विर तपाईका घर परिवारका साथै अफिसका हाकिमहरूले पनि हेरिरहेका हुन सक्छन्, जसले तपाईलाई समस्यामा पार्न सक्छ ।
  • कसैलाई नजिस्क्याउने, नहोच्याउनेः रक्सी पिएको बेलामा सकेसम्म आफ्नो बोलीलाई कन्ट्रोल गर्न सक्नुपर्छ । कतै कसैलाई नराम्रो भन्ने, जिस्क्याउने वा होच्याउने शब्दहरू बोलियो भने यसले सम्बन्धमा समेत दरार ल्याउँछ र रक्सीले छाडेपछि उक्त मानिसको अगाडि झुक्नुपर्ने हुन सक्छ ।
  • पूर्व प्रेमिकासँग कुरा नगर्नेः रक्सी खाएको बेलामा धेरै मानिसहरू उत्तेजनामा आउने गर्छन् र आफ्ना पूर्व प्रेमीकालाई फोन गरेर आफ्नो भावनाहरू, रिसहरू पोख्ने गर्छन् । यसले सम्बन्धलाई बलियो बनाउनुको सट्टा थप बिगार्छ । सकेसम्म रक्सी खाएको बेलामा अन्य कसैलाई पनि फोन गरेर उनीहरूसँग कुरा नगर्नु राम्रो हुन्छ ।
  • अफिसका काम नगर्नेः सकेसम्म आफ्नो खुसीको पलमा अफिसका कामलाई टाढा राख्नु राम्रो हुन्छ । अफिसमा गर्नुपर्ने कामहरू रक्सी खाएको बेलामा सम्झिएर गर्न खोज्दा काम बिग्रिन सक्छ । केही लेख्नुपर्ने भएको अवस्थामा यस्ता शब्दहरू पनि लेखिन सक्छ जुन शब्द उक्त लेखाईमा कतैबाट पनि उपयुक्त हुँदैन र यसले थप समस्या सिर्जना गर्न सक्छ । र आफ्नो करिअर नै धरापमा पर्न सक्छ ।
  • रक्सी खाएर म्यासेज गर्नेः आफ्नो साथी होस् या तपाईलाई मन परेको व्यक्ति होस्, रक्सी खाएको बेलामा तपाईले कुरा सुरू गर्न सक्नुहुन्छ । कुनै म्यासेज गर्न सक्नुहुन्छ । तर, यस्तो कार्य नगर्नु राम्रो हुन्छ । रक्सी खाएको बेलामा लेखिएको टेक्स्टले आफैलाई हानी पुर्याउन सक्छ । म्यासेजमा नकारात्मक कुराहरु पनि पर्न सक्छ जसले आफ्नो सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ ।
  • झगडा गर्नुः नशाको सुरमा धेरै मानिसले झगडा गर्न गरेको देखेका छौ । झगडाले मानिसलाई कहिल्यै पनि फाइदा पुर्याउँदैन भने रक्सी खाएको बेलामा मात्तिएको अवस्थामा झगडा गर्दा धेरै हानी हुने सम्भावना रहन्छ । अनावश्यक रूपमा झगडा गर्दा आफ्नो स्टाटस नै खराब हुन सक्छ भने अन्य दिनमा अरूका सामू मूख देखाउन समेत अप्ठ्यारो पर्न सक्छ ।

  •  
  •  
  •