अफिसमा २० मिनेट सुत्नुस्, स्वस्थ रहनुस्

627
  •  
  •  
  •  

power napघर होस् या अफिस, केहीबेर सुत्नुले शरिरलाई उर्जा प्रदान गर्छ । मात्र १५ देखी २० मिनेटसम्म सुत्दा मानिसको शरिरमा स्फुर्ती बढ्न सक्छ, जसले शरिरलाई काम गर्नका लागि उर्जा प्रदान गर्नुका साथै मष्तिष्कले नयाँनयाँ उपायहरू सोच्न समेत मद्दत गर्छ । स्वस्थ कायम रहनका लागि दिनमा ७-८ घण्टाको निन्द्रा राम्रो हुन्छ तर, तत्कालका लागि उर्जा प्राप्त गर्न केहीबेर सुत्नु फाइदाजनक हुन्छ ।

यसरी दिउँसो काम गरिरहेको समयमा केहीबेर सुत्दा विभिन्न फाइदा लिन सकिन्छ । केही फाइदाहरू यस्ता छन् ।

तनाव कम गर्छ : कामका क्रममा १०-२० मिनेट सुत्नाले कामका कारण भएको तनाव कम हुन्छ । अध्ययनका अनुसार कामका क्रममा बीच-बीचमा सुत्ने व्यक्तिको शरिरमा स्ट्रेस हर्मोन कम उत्पादन हुन्छ, जसले तनावलाई कम गर्न मद्दत गर्दछ । यसरी सुतेपछि मष्तिष्कले दुइ गुणा तिव्रताका साथ काम गर्छ ।

शक्ति बढाउँछ : राती राम्रोसँग सुत्न नपाउँदा यदी दिनमा निन्द्रा आईरहेको छ र त्यसबेलामा सुत्न सम्भव छैन् भने १५-२० मिनेट सुत्नु एउटा राम्रो उपाय हुन सक्छ । निन्द्रा लागेपछि पनि मष्तिष्कलाई ताजा राख्न प्रयास गर्दा मष्तिष्कमा नराम्रो असर पर्न सक्छ । तर, करिब २० मिनेटजति सुत्दा भने शरिरलाई उर्जा प्रदान गर्नुका साथै पुनः काम गर्ने जागँर आऊँछ ।

मुटुलाई स्वस्थ राख्छ : दिउँसो केहीबेर सुत्नु पूर्ण शरिरका लागि नै राम्रो हुन्छ । यसले मुटुसँग जोडिएको बिमारीको सम्भावनालाई पनि कम गर्न मद्दत गर्छ । साथै बिनाकारण हुने अकाल मृत्युको समस्याबाट पनि कम गर्न मद्दत गर्छ । कामको समयमा ब्रेकका क्रममा २० मिनेट सुत्ने मानिसको स्वास्थ्य अन्य मानिसको तुलनामा राम्रो हुने अध्ययनले समेत देखाएको छ ।

मष्तिष्कका लागि राम्रो : नासाले गरेको अध्ययनमा जनाइएअनुसार ३० मिनेट सुत्दा मष्तिष्कको काम गर्ने तिव्रता पनि ४० प्रतिशतसम्म बढ्न सक्छ । अल्जाइमर र भुल्ने बिमारी हुने सम्भावना पनि कम हुन्छ ।

प्रतिरोधी क्षमतामा बृद्धी : राम्रो निन्द्रा र दिउँसो केहीबेर सुत्नाले शरिरको प्रतिरोधी क्षमतामा पनि बृद्धी हुन्छ । जसले बिमारी हुने सम्भावनालाई कम गर्छ । सुत्नाले शरिरमा स्वस्थ तन्तु बन्नका लागि समय प्राप्त हुन्छ जुन शरिरको मर्मत गर्नुका साथै केही बिमारीको जर्म्स र ब्याक्टेरियासँग पनि लड्न सक्छन् ।

राम्रो छालाका लागि : सही निन्द्रा लिनु र निन्द्राको कमीको सोझै असर हाम्रो अनुहारमा देखिन्छ । आँखाको समस्या, थकित अनुहार निन्द्रा पुरा नहुनुको लक्षण हो । जसले बिस्तारै अनुहारको छालालाई असर गर्छ र छालाको चमकतामा कमी आऊँछ र समय नहुँदै हाम्रो अनुहारमा बुढापन देखिन थाल्छ ।

राम्रो स्वास्थ्यका लागि आवश्यक : लामो समयसम्म स्वस्थ रहनका लागि व्यायाम गर्नु, उचित खानपान गर्नुका साथै ६-८ घण्टाको निन्द्रा आवश्यक हुन्छ । यसरी दैनिक ६-८ घण्टा सुत्दा शरिरमा स्फूर्ती बढ्नुका साथै विभिन्न किसिमका बिमारी पनि कम हुन्छ । दिउँसो केहीबेर सुत्नाले पनि स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।


  •  
  •  
  •