६ किलो चरेशसहित दुर्इ पक्राउ

62
  •  
  •  
  •  

काठमाडौं, ९ जेठ (ओएनएस) : ६ किलो चरेशसहित दुई जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा बाजुराको छेदेदह गाउँपालिका–३ का २९ वर्षीय छत्रबहादुर बुढा र ५२ वर्षीय नौले बुढा रहेका छन्।

नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले कैलालीकाे अत्तरीया बजारबाट उक्त चरेश बरामद गरेकाे हाे।

बुधबार बिहान ६ बजेतिर महेन्द्रनगर रोडको गोदावरी पुल नजिकै चरेश लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

बरामद गरिएको चरेशसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान कार्य अगाडी बढाइएको छ।


  •  
  •  
  •