विमान दुर्घटना : एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत ६ कर्मचारीकाे सरुवा

164
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार भएकाे युएस बंगला एयरको विमान दुर्घटनाका बेलामा एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत ६ कर्मचारीकाे सरुवा गरिएकाे छ। उनीहरुलाई अर्को विभागमा सरुवा गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएकाे छ।

दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ‘एटीसीका अधिकारीले आफ्नो आँखै अगाडि त्यति ठूलो दुर्घटना देखे। उनीहरु सक्ड हुनसक्ने भएकाले हामीले अन्य विभागमा सारेका हौं’ ।

पोखरेलका अनुसार स्ट्रेस घटाउनका लागि हामीले उनीहरुलार्इ सारेका हौं।


  •  
  •  
  •