पूर्वमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का

81
  •  
  •  
  •  

काठमाडौं, २७ भदाै (अाेएनएस) : पूर्वका जिल्लामा ६ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सिस्मोलोजिष्ट भरत कोइरालाले बताए ।

केन्द्रका सिस्मोलोजिष्ट कोइरालाका अनुसार भूकम्पको केन्द्रबिन्दु भारतको आसाम बनगाई गाँउ आसपास रहेकोले धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको हाे।

पूर्वका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लामाधक्का महसुस गरिएको थियो।भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।


  •  
  •  
  •