गरिब घरपरिवारलार्इ लागि परिचयपत्र वितरण सुरु

182
  •  
  •  
  •  

काठमाडाैं, २९ असार (अाेएनएस) : सरकारले २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि शुक्रबारबाट परिचयपत्र वितरण सुरु गरेको छ। सरकारी अभियान सुरु भएसँगै अब तत्काल ३ लाख ९१ हजार ८३१ घर परिवारले गरिबीको परिचयपत्र पाउने भएका छन् ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर गरिबी परिचयपत्र वितरण कार्यक्रमको थालनी गरेका छन् ।

तर गरिबहरुलाई दिने सेवा सुविधाको बारेमा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमा न त केही बोलेको छ न त विनियोजित विधेयकमा । यसरी सेवा सुविधाको निक्यौल नै नगरी परिचय पत्र बड्दा परिचय पत्रधरी घरधुरी अन्यौलमा परेका छन्।

सरकारले गरिबीका आधारमा तीन प्रकारका काडइ वितरण गर्नेछ । अति गरिबले रातो कार्ड पाउनेछन् भने मध्यम गरिवले पहेँलो कार्ड र सामान्य गरिबले नीलो कार्ड पाउनेछन् ।

मानव विकास सूचकांक भन्दा तल रहेका जिल्लाहरुबाट परिचयपत्र वितरण सुरु गरिएको मन्त्रालयले जनाएको छ । यस अनुसार अब १ लाख ८८ हजार २ सय ३२ परिवारले रातो, १ लाख २९ हजार ७५४ ले पहेँलो र ८३ हजार ८४५ परिवारले नीलो कार्ड पाउनेछन् ।

बोर्डले भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, , प्युठान, रोल्पा, रुकुम, बर्दिया र अर्घाखाँचीबाट गरीब घरपरिवारको तथ्याङ्क संकलन गरेको थियो । यसैगरी, कपिलवस्तु, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिराहा, खोटाङ र भोजपुर र सिराहा गरिब परिवार पहिचान भएका छन् ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डर्ले पहिलो चरणमा २५ जिल्लाबाट १२ लाख ४० हजार परिवारको तथ्याङ्क संकलन गरेको थियो । त्यसबाट उक‍्त ३ लाख ९१ हजार ८३१ घर परिवारलाई सरकारले ‘गरीब’ का रुपमा पहिचान गरेको थियो ।

मन्त्रालयले पहिलो चरणमा पीएमटी (प्रोक्सिमिन टेस्टिङ) को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट गरिब भएको पहिचान गरेको थियो ।

सरकारले ०६८ सालमै २५ जिल्लामा गरिब घरपरिवारको विवरण संकलन गरे पनि उद्देश्यअनुरुप काम भने सकाएको छैन । त्यतिबेला एक वर्षभित्रै गरिब घरपरिवारलाई परिचयपत्र दिने लक्ष्य लिइएको थियो ।


  •  
  •  
  •