बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 13, 2017

आचारसंहिता विपरीत मन्त्रिपरिषद् विस्तार, कमल थापा बने उपप्रम

kamal thapa

काठमाडाैं, २७ असाेज–प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद् विस्तार गरेका छन्। निर्वाचन आयोगले आगामी मंसिरमा तय भएको निर्वाचनका लागि आचारसंहिता जारी गरिसकेका बेला प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट मन्त्री बनेकालाई हटाउने तयारीका साथ राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाएका छन्। यसैगरी, राप्रपाका दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका छन्। ... Read More »

निर्वाचनको सुरक्षा तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

Nepal-police

काठमाडौँ, असोज २७– प्रधानमन्त्री शेरबहादुर देउवाले मंआसन्न निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। ६२औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रसंशा योग्य भूमिका खेल्ने विश्वास व्यक्त गरे। सीमित स्रोत, साधनका बाबजुद प्रहरीले देशमा शान्ति सुरक्षा स्थापना गर्न खेलेको भूमिका सराहनीय रहेको उनले बताए। प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित ... Read More »

वाम गठबन्धनको विपक्षमा रहेका पूर्वपर्यटनमन्त्री विष्टद्वारा माओवादी परित्याग

Lokendra-Bista-Magar

काठमाडौं, २७ असोज– वाम गठबन्धनको विपक्षमा रहेका पूर्वपर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले माओवादी केन्द्र परित्याग गरेका छन्। एमाले, माओवादी केन्द्र, र नयाँ शक्तिबीच चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णयको विष्टले विरोध गर्दै आएका विष्टले शुक्रबार पार्टी परित्याग गरेका हुन्। माओवादीमा केन्द्रीय कार्यालय सदस्य रहेका विष्ट पर्यटन विभागको प्रमुख थिए। विष्टले पार्टी नेतृत्व पद्धतीमा नचलेको र आजिवन कुर्सीमा बस्न खोजेको आरोप ... Read More »

नेपाल हङकङसँग ८३ रनले पराजित

Cricket Team

काठमाडौं, २७ असोज– आइसीसी विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत शुक्रबारको खेलमा हङकङले नेपाललाई ८३ रन अन्तरले पराजित भएको छ । हङकङले नेपाललाई जितका लागि एक सय ९५ रनको लक्ष्य दिएको थियो। नेपालले ३४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ ... Read More »

रुपान्तरित संसद्को कार्यकाल सकिँदै

parliament house in nepal

काठमाडौं, २७ असोज–रुपान्तरित संसद्को अन्तिम बैठक अाज बस्दैछ। प्रतिनिधि सभा सदस्य मनोनयनको अघिल्लो दिनसम्म संसदको आयु रहने भएपनि भोलि शनिबार परेकाले आजै अन्तिम बैठक बस्ने दलहरुबीच सहमति जुटेको हो। आज अपरान्ह १ बजे संसद बस्दैछ। निर्वाचन आयोगले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फको बन्द सूचीको समय असोज २९ गतेलाई तोकेपछि संसदको अन्तिम बैठक आज बस्न लागेको हो । आज बस्ने व्यवस्थापिका संसदको ... Read More »

'
Scroll To Top