बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 9, 2017

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रिचर्डलाई

Richard-Saker

काठमाडौं, २३ असोज–यस वर्षको अर्थशास्त्रतर्पmको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचर्ड थेलरले जितेका छन् । ‘बिहेभरियल इकोनोमिक्स’ (व्यवहारिक अर्थशास्त्र) मा दिएको योगदानका लागि उनलाई नोबेल पुरस्कार दिइएको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस) ले जनाएको छ। आरएसएओएसले भनेको छ, ‘समग्रमा थेलरको योगदानले अर्थशास्त्र र व्यक्तिगत निर्णय प्रक्रियाको मनोवैज्ञानिक विश्लेषणको सेतु निर्माण गरेको छ।’ थेलरले ९० लाख स्वीडिश क्रोन (११ लाख अमेरिकी ... Read More »

निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली हानी हत्या

sarad-gauchan1

काठमाडौं, २३ असोज–निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ। सोमबार दिउँसो राजधानीको शान्तिनगरस्थित शान्ति चोकमा अपरिचत समूहको गोली प्रहारबाट अध्यक्ष गौतमको हत्या भएको हो। गोली प्रहारबाट गम्भीर घाइते भएका गौचनलाई नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। गौचन बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजरमा सवार थिए। उनको पेटमा दुई राउण्ड गोली लागेको थियो। ... Read More »

थाहा पाउनुहोस् ब्रा सँग जोडिएका पाँच रोचक तथ्य

400-04163272
© OtnaYdur
Model Release: No
Property Release: No
Measuring bust size of woman wearing red bra

काठमाडौं–आफ्नो शरीरलाई फिट हुने लुगा पहिरिने रहर कसलाई हुँदैन र? तर, प्रायः महिलाह फिट हुने ब्रा पाउदैनन्। त्यसैले कयौं महिलाले अनफिट ब्रा समेत लगाउन बाध्य हुन्छन्। जसले गर्दा हाम्रो स्किनसँगै शरीरलाई धेरै किसिमको समस्या हुन सक्छ । हामी आज तपाईँलाई बताउने छौ ब्रासँग जोडिएका पाँच तथ्य १. यदि तपाईँ ब्रा किन्न जाँदै हुनुहुन्छ भने दुई वटा कुरामा ध्यान दिनु जरुरी ... Read More »

भूकम्प पीडितलाई निर्ब्याजी ऋण दिने मन्त्रिषद्को निर्णय

house to protect earthquake2

काठमाडौं, २३ असोज–भूकम्प पीडितले घर निर्माणका लागि धितो जमानीबाट निर्ब्याजी ऋण पाउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितलाई सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको हो। भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधिलाई संशोधन गर्दै धितो जमानीबाट निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय गरिएको अर्थमन्त्री ... Read More »

बाबुराम वाम गठबन्धनमा लागेपछि नयाँ शक्तिका प्रदेश संयोजकले पार्टी छाडे

surendra-yadav

धनुषा, २३ असोज– नयाँ शक्ति पार्टी नेपाल २ नम्बर प्रदेश संयोजक डा. सुरेन्द्र यादवले पार्टी परित्याग गरेका छन्। नयाँ शक्ति पार्टी नेपालले पार्टीको मूल्यमान्यता विपरीत एमाले, माओवादीसँग तालमेलसँगै एकताको प्रकृया अघि सारेपछि आफूले पार्टी छोडेको यादवले बताए। पार्टी खोल्दा डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल नै देशको वैकल्पिक पार्टी रहेको बताए पनि अहिले फेरि पुरानै धारमा लागेको उनले आरोप लगाए। संयोजक ... Read More »

पाथीभराबाट फर्कदै गरेको भ्यान दुर्घटना, दुईको मृत्यु

accident

ताप्लेजुङ, २३ असोज– ताप्लेजुङको भालुगौडेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रसिद्ध तीर्थस्थल पाथीभराबाट फर्किदै गरेको मे १ ज १३०८ नम्बरको पीक अप भ्यान दुर्घटना हुँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा उर्लाबारी नगरपालिका–४ मोरङकी अनिता थापा घिमिरेको घटनास्थलमै ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। यसैगरी, घाइते भएका उर्लाबारी–४ मोरङका २८ ... Read More »

राप्रपाका जिल्ला अध्यक्ष कांग्रेसमा, रसुवाबाट उम्मेदवारको सिफारिसमा को–को परे?

Rasuwa-Congress-2

काठमाडौं, २३ असोज– रसुवाका पूर्वजिल्ला सभापति एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मिलन तामाङसहितका नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा र टीका लगाएर कांग्रेसमा स्वागत गरे। कांग्रेसमा प्रवेश गर्नेमा तामाङसहित राप्रपाका जिल्ला अध्यक्ष तथा पूर्वप्रत्यक्षतर्फका उम्मेदवार वाङ्गेल थोक्रा, पार्वतीकुण्ड गाउँपालिका अध्यक्ष करसाङ वाङ्दी तामाङ, युवा संगठनका पूर्वकेन्द्रीय सदस्य गेलुङ लामा, गाउँ कमिटी कोषाध्यक्ष लछिन ... Read More »

तत्कालीन डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत

Nawaraj-silwal1

काठमाडौं, २३ असोज– गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीका तत्कालीन डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत गरेका छन्। सिलवाल आइजीपी मुद्दामा पराजित भएपछि दिएको राजीनामा तीन सातापछि स्वीकृत भएको हो। गृह स्रोतका अनुसार गृहमन्त्री शर्माले असोज १९ गतेको मिति राखेर सिलवालको राजीनामा स्वीकृत गरेका हुन्। सिलवाल असोज १९ गते नै एमालेमा प्रवेश गरेका थिए। ‘प्राविधिक रुपमा समस्या नहोस् भनेर नै गृहमन्त्रीज्यूले असोज ... Read More »

परराष्ट्रसचिव बैरागीले भेटे बंग्लादेशका परराष्ट्रमन्त्रीलाई

photo1

काठमाडौं, २३ असोज–परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बंग्लादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीसँग भेटवार्ता गरेका छन्। आइतबार बंग्लादेशको राजधानी ढाकामा भएकोे शिष्टाचार भेटमा दुई देशबीचको व्यापार प्रवद्धन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा क्षेत्रमा लगानी, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्धनका विषयमा छलफल भएको थियो। दुई पक्षीय सहकार्य र समन्वयलाई थप विस्तार गर्ने समझदारी भएको ढाकास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ। भेटमा ... Read More »

'
Scroll To Top