बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 6, 2017

पूर्वडीआईजी सिलवाल सक्रिय राजनीतिमा, ओलीले गरे एमालेमा स्वागत

Nawaraj-Silwal

काठमाडाैं, २० असाेज–नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन्। एमाले काठमाडौं जिल्ला कमिटीले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वडीआईजी सिलवाललाई अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश गर्दै सिलवालले अब मुलुकको लागि काम गर्ने बताए। एआईजी मुद्दामा पराजित भएपछि उनले प्रहरी संगठनबाट राजीनामा दिएको घोषणा गरेपनि राजीनामा टुंगो लागिसकेको छैन। Read More »

राजपा र संघीय समाजवादीबीच चुनावी तालमेल, चुनावपछि पार्टी एकता

Mahanta-Upendra

काठमाडौं, २० असोज– राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच आसन्न निर्वाचनका लागि चुनावी तालमेल भएको छ। कांग्रेस नेतृत्वमा मधेसवादी दलसहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रियामा रहेका बेला यी दुई मधेस केन्द्रित दलबीच चुनावी तालमेलसँगै निर्वाचन पश्चात एकतामा जाने सहमति भएको हो। आसन्न निर्वाचनमा राजपा र संघीय समाजवादीका साझा उम्मेदवार रहनेछन्, भने एउटै चिह्नबाट चुनाव लड्ने छन्। राजपा अध्यक्ष मण्डलका ... Read More »

तिहार मनाउन घर फिरेका नेपाली भारतमा लुटिए

ad6ad67984b7103e11ba521f505f8d80

नेपालगञ्ज, २० असोज– तिहार मनाउन भारतको सिमलाबाट घर फिरेका एक नेपाली लुटिएका छन्। सिमलाबाट हरिद्वार हुँदै नेपाल फर्किएका सल्यान स्यानी खोलाका रतन बुढाथोकी भारतको रामपुरमा लुटिएका हुन्। नशालु पदार्थ मिसाएको चिसो पेय पदार्थ खुवाएर लुटेराहरुले बेहोस बनाई आफूसँग रहेको ४४ हजार भारतीय रुपैयाँ लुटेकोे उनले बताएका छन्। भारतको रुपैडियामा अर्धचेत अवस्थामा पुगेका बुढाथोकीलाई सीमावर्ती क्षेत्रमा रहेको नेपालको जमुनाह प्रहरी चौकीले ... Read More »

उपेन्द्र यादव कांग्रेससँग गठबन्धन नगर्ने

upendra yadav

काठमाडौं, २० असोज– संघीय समाजवादी फोरम नेपाल कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी नहुने भएको छ। गठबन्धन निर्माणताका फोरमले निर्णयमा हस्ताक्षर गरे पनि प्रदेश र प्रतिनिधि सभाको चुनावमा दलहरुसँग चुनावी तालमेल मात्र गर्ने तयारी गरेको छ। ‘गठबन्धन नै बनाएर जान विचार, एजेण्डा र सिद्धान्त पनि मिल्नुपर्छ। तर, अहिले देखिएका दुवै गठबन्धनसँग त्यो मिल्ने सम्भावना छैन,’ संघीय समाजवादी फोरमका एक नेताले भने। ... Read More »

बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको नाम टुंगो लाग्यो

Democratic-Aliance

काठमाडौं, २० असोज– नेपाली कांग्रेस नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेससहित ६ दलको लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धनले कार्यदलमा बस्नेको नाम टुंगो लगाएको हो। कार्यदलमा कांग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक) बाट विक्रम ... Read More »

'
Scroll To Top