बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: October 3, 2017

ऐक्यबद्धता

CPN UML Maoist and New power unification program

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल तथा एकता घोषणा सभामा ऐक्यबद्धता जनाउँदै नेताहरू । Read More »

ओली : स्वतन्त्र राष्ट्रको हैसियतमा सन्तुलित छिमेक सम्बन्ध चाहन्छौँ, कसैले अर्घेल्याइँ गर्नुहुँदैन, हामी पनि गर्दैनौँ

KP Oli in unification Program

काठमाडौँ, १७ असोज (ओएनएस) :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले, नेकपा माओवादी ९केन्द्र० र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरणले नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको बताएका छन् । तीन दलको एकता घोषणणा सभामा उनले भने– एउटै कम्युनिष्ट पार्टी बनाएर देश र जनतामा समर्पित पार्टी बनाउन एकीकरण आवश्यक रहेको छ। यो एकीकरण नेपाली जनताको चाहना हो । एकीकरणले देशलाई ... Read More »

आज फेरि निरन्तरतामा क्रमभंग : प्रचण्ड

Prachanda in unification program

काठमाडौँ, १७ असोज (ओएनएस) :  तीन दलको एकता घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने– आज फेरि निरन्तरतामा क्रमभंग गरिएको छ । नयाँ पहल अगाडि आएको छ, पार्टी एकताको । शान्ति प्रक्रियाकै क्रममा एउटै कम्युनिस्ट पार्टीको आवश्यकता छ भनेका थियौँ । एमाले र माओवादीका बीचमा त्यतिबेलैदेखि गम्भीर छलफल भएको थियो । दस्तावेज तयार पारी एउटै पार्टी गठनको प्रयास गरेका थियौँ ... Read More »

इतिहास नयाँ चरणमा प्रवेश : बाबुराम भट्टराई

Baburam in unification program

काठमाडौँ, १७ असोज (ओएनएस) :  एकता घोषणा कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भने– आजबाट नेपालको इतिहास नयाँ चरणमा प्रवेश गरेको छ । एउटा पुस्ताले भौगोलिक एकीकरण गर्यो । अर्को पुस्ताले लोकतान्त्रिकरणको प्रक्रिया अघि बढायो । अब हाम्रो पुस्ताले समृद्धितर्फ अगाडि लैजानुपर्छ । राष्ट्रिय समृद्धिका निम्ति अग्रगामी प्रगतिशील शक्ति एक ठाउँमा उभिनैपर्छ । सबै जाति जनजाति मिलेर केही दशकभित्र ... Read More »

एमाले, माओवादी र नयाँ शक्तिको एकतापछि एकीकृत कम्युनिस्ट पार्टी हुने

prachanda-and-kp-oli-Baburam

काठमाडौँ, १७ असोज (ओएनएस) : नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी गठवन्धनदेखि पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने सहमति भएको छ। राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलनका क्रममा तीनै पार्टीका प्रमुखले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतिअनुसार आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा एमालेले ६० र माओवादीले ४० प्रतिशत क्षेत्र पाउनेछन्। सहमतिका आधारमा नयाँ शक्ति र अन्य साना वाम दललाई ... Read More »

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने

prachanda and kp oli

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ । सहमतिमा हस्ताक्षर गरी औपचारिक रुपमा घोषणा भने केहीबेरमा हुँदैछ । तीन पार्टीका शीर्ष नेताहरु राजधानीको सभागृहमा पुगेका छन् । सभागृहको भित्र र बाहिर मात्र होइन्, प्रदर्शनीमार्गमा दर्शकहरुको भीड लागेको छ । सभागृहको हल पार्टीका कार्यकर्ता तथा दर्शकले भरिएकाले पत्रकार तथा आमन्त्रित अतिथिहरूको ठूलो जमात ... Read More »

'
Scroll To Top