बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

Daily Archives: August 21, 2017

सर्वोच्चको आदेश राणाको पक्षमा, दल दर्ता गर्ने बाटाे खुल्यो

pasupati

काठमाडौं, ५ भदौ (ओएनएस) : सर्बोच्च अदालतले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राप्रपा प्रजातान्त्रिक पार्टीको पक्षमा अन्तरिम आदेश दिएको छ। न्यायाधीश तेजबहादुर केसीको इजलासले राणा पक्षले यसअघि नै आयोगमा बुझाइएका हस्ताक्षरलाई सनाखत मान्दै दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको हो। आयोगको पुन सनाखत गर्नुपर्ने बताएपनि राणा पक्षले पुरानै सनाखतलाई मान्यता दिनुपर्ने माग गर्दै सर्बोच्च अदालत पुगेको ... Read More »

पत्रकार महासंघको निर्वाचनमा १ हजार ४४९ मत खस्यो

fnj leader

काठमाडौं, ५ भदौ (अाेएनएस) : काठमाडौंमा जारी नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन अन्तर्गत आज मतदान सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानमा १ हजार ४४९ मत खसेको छ । काठमाडौंस्थित कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना प्रतिस्पर्धामा छन् ... Read More »

यसरी चम्केको थियो बलिउडमा मनिषा कोइरालाको भाग्य

sharu and manisha 2

काठमाडौं, भदौ (एजेन्सी) : शाहरुख खान र मनिषा कोइरालाको चर्चित फिल्म ‘दिल से’ रिलिज भएको १९ वर्ष भएकेको छ । सन १९९८ में मा रिलीज भएको यो फिल्म ब्लकबस्टर नै रह्यो । यसले २ राष्ट्रिय अवार्ड र ६ फिल्मफेयर अवार्ड समेत पायो । यससंगै यो फिल्मका प्रत्येक गीत चर्चित बने । शाहरुख र मनिषाको जोडीलाई धेरैले मन पराए । यो फिल्मबाट मनीषाले ... Read More »

बाढीपहिरोबाट बिहारमा ज्यान गुमाउनेको संख्या २५३ पुग्यो

badhi

नयाँ दिल्ली, ५ भदौ (एजेन्सी) : भारतको पूर्वी राज्य बिहारमा बाढी पहिरोबाट ज्यान गुमाउनेहरुको संख्या २५३ पुगेको छ । बाढीको कारण विहार आसपासका क्षेत्रहरु पनि थप डुबानमा परेका छन् । भारतीय अधिकारीहरुकाअनुसार बिहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीबाट प्रभावित भएका छन् । त्यस्तै, सात लाख हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको छ भने २० हजार ... Read More »

३३ किलो सुन तस्करीका मूख्य अरोपी पन्थलाई नेपाल झिकाइयो

Gold_Crime

काठमाडौ, ५ भदौ (ओएनएस) : प्रहरीले ३३ किलो सुन तस्करीका मूख्य अरोपी राजनप्रसाद पन्थलाई नेपाल ल्याएको छ । पन्थलाई नेपाल प्रहरीको आग्रहमा दुबै प्रहरीले पक्राउ गरेपछि उनलाई नेपाल प्रहरी नेपाल ल्याउन सफल भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थलाई रेडकर्नर नोटिस जारी गरेको थियो । दुबैबाट भागेर नेपाल आउने क्रममा पन्थ विमानस्थलमा पक्राउ परेका थिए । पन्थले दुवईमा ... Read More »

भारतले आफ्नो पक्षमा पार्यो पहिलो ‘वान डे’

indian team

मुम्बई, ५ भदौ (एजेन्सी) : ओपनिङ ब्याट्सम्यान शिखर धवनले बनाएको १ सय ३२ रनको सहयाेगमा श्रीलंकालाई ९ विकेटले पराजित भारतले पहिलो वान–डे अाफ्नाे पक्षमा पारेको छ । कोहलीले टस जितेपछि ब्याटिङ गर्न आएको श्रीलंकाले पनि राम्रो स्कोर बनाउने लक्षण देखाएको थियो । निरोशान डिकवेला र दानुस्का गुनाथिलाकाले पहिलो विकेटमा ७४ रन जोडे । एक समय १३९–१ को स्थितिमा रहेको श्रीलंकाले त्यसपछि ७७ ... Read More »

राप्रपाले लगायो संशोधनको विपक्षमा मतदान गर्न ह्वीप

kamal thapa

  काठमाडौं, ५ भदाै (अाेएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । केन्द्रीय कार्यासमितिको विशेष बैठकले गरेको निर्णय अनुमोदन गर्दै राप्रपाले अाज ह्वीप जारी गरेको हाे । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले केन्द्रीय समिति बैठकको निर्णयलाई अनुमोदन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  राप्रपाले ... Read More »

प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने सरकारको निर्णय 

mantriparisad

काठमाडौं, ५ भदौ (ओएनएस) : सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । आजको (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गरेको सरकारका प्रवत्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । उनले दुई चरणमा नभएर एकै चरणमा मंसिर १० गतेको लागि भनेर दुबै तहको चुनावको मिति तोकिएको बताए । यसअघि निर्वाचन आयोगले दुई ... Read More »

सातवटै प्रदेशमा एआईजी पदस्थापन, को कहाँ खटिए ?

Nepal-Police-Headquarter

काठमाडौं, ५ भदौ (अाेएनएस) : प्रहरी प्रधान कार्यालयले ११ जना एआईजीहरुको पदस्थापना गरेको छ। सातवटै प्रदेश तथा राजधानीका विभिन्न शाखाहरुमा एआईजीलाई पदस्थापना गरिएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार यसअघि आईजीपीको दौडमा रहेका तथा र सर्बोच्चको आदेशले असफल भएका एआईजी जयबहादुर चन्दलाई महानगरी प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी दिइएको छ। यसअघि उनी लागूऔषध नियन्त्रण व्यूरोमा थिए। अपराध अनुसन्धान विभागमा ... Read More »

संविधान संशोधन विधेयक आज निर्णयार्थ पेस गरिँदै

काठमाडौं, ५ भदाै (अाेएनएस) : व्यवस्थापिका संसद बैठकमा आज संविधान संशोधन विधेयक निर्णयार्थ पेस गरिँदै छ । दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको हाे। प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत अाइतबार विपक्षमा मतदान गर्ने निर्णय गरेसंगै अब संशोधन विधेयक पारित नहुने निश्चित  जस्तै बनेकाे छ । संविधान जारी भएदेखि ... Read More »

'
Scroll To Top