बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 20, 2017

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

Ministers

काठमाडौं, ४ भदौ (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका छन् । गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डलमा अब तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्रीसहित ३१ सदस्यीय भएको छ । राज्यमन्त्रीमा मोहम्मद जाकिर हुसेन महिला, बालिकालिका तथा समाज कल्याण, रामसिंह यादव स्वास्थ्य, श्यामकुमार श्रेष्ठ गृह, शम्भुलाल ... Read More »

महिलालाई कुटपिट गरेको आरोपपछि मन्त्रीद्वारा राजीनामा

rajinama

एजेन्सी : दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिएका छन् । राजधानी जोहान्सबर्गस्थित एक रात्रि क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो । उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादा विपरित उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गरेपछि ठूलो होहल्ला हुन पुगेकाे थियो । यस घटना पश्चात् उपमन्त्री ... Read More »

साताको पहिलो दिन सेयर बजार : नेप्से र कारोबार दबैमा गिरावट 

share bazar

  काठमाडौं, ४ भदौ (अाेएनएस) : साताको पहिलो दिन आज नेप्से र कारोबार दुवैमा गिरावट अाएको छ । नेप्से ११.७८ अंकले घट्दा ७९ करोड ४६ लाख ८२ हजार ६ सय ५८ रुपैयाँको कारोबार भएको छ ।  जम्मा १ सय ५९ वटा कम्पनीको ४६ लाख ७८ हजार ६ सय ४४ कित्ता सेयर खरिद भएको छ ।   आज होटल समूहमा मात्र ... Read More »

सन्नीका फ्यानविरुद्ध मुद्दा !

sunney

मुम्बई, ४ भदौ (एजेन्सी) : बलिउड अभिनेत्री सन्नी लियोनका समर्थकहरुलाई नै भारतको कोच्चिमा मुद्दा लगाइएको छ । हालै कोच्चिमा सन्नीलाई हेर्न लागेको भीडले सवारी आवागमन बन्द हुनुका साथै अवरोध सृउजना गरको भन्दै स्थानीय प्रहरीले केही समर्थकहरु विरुद्ध मुद्दा दायर गरेको हो । एक स्टोर उद्घाटनका लागि सन्नी लियोन वत्यहाँ पुग्दा उनका समर्थकले सडक जाम बनाएका थिए । यस्तै पुलिसले उक्त उद्घाटन ... Read More »

डा. केसीले दिए पुनः अनशन बस्ने चेतावनी

govinda kc

काठमाडौं, ४ भदौ (ओएनएस) : काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काल खारेज नगरे पुन अनशन बस्ने डाक्टर गोविन्द केसीले सरकारलाई चेतावनी दिएका छन् । सर्बोच्चको आदेश भन्दै सुटुक्क नेशनल मेडिकललाई दिएको सम्बोधन तत्काल खारेज नगरे फेरि आमरण अनसनसहित आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । डा. केसी ११ औं अनसन बसिरहेका बेला त्रिविले सर्वोच्चको आदेशलाई देखाएर सुटुक्क नेसनललाई सम्बन्धन दिएको हालै ... Read More »

बाढी प्रभावित क्षेत्रमा हल्लामाथि हल्ला, पीडित झन त्रसित

sunsari

काठमाडौं, ४ भदौ (ओएनएस) : बाढीबाट ठूलो धनजनको क्षति पुगेको तराईको बाढी प्रभावित केही दिनदेखि नकारात्मक भ्रामक हल्लाहरु फैलाएर पीडितमाथि थप पीडा थप्ने काम भइरहेको छ । बाढीपछि निकै त्रसित भएका बाढी प्रभावित क्षेत्रमा फैलाइएको हल्लाले उनीहरु झन त्रसित बनेका छन् । अहिले तराई क्षेत्र विशेषगरि सुनसरी र त्यसआसपासका जिल्लाहरुमा भाइरल बनेका दुई वटा हल्लाले स्थानीयलाई त्रसित बनाएको छ । रात ... Read More »

देश निर्माणमा सञ्चार क्षेत्रकाे अझ बढी भूमिका अावश्यक : प्रधानमन्त्री देउवा

PM-deuba-fnj

काठमाडौं, ४ भदौ (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुृदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । ‘व्यावसायिक पत्रकारिताको आधार–प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आइतबारदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको बताए । उनले अब ... Read More »

फेरि एमालेकै लाइनमा राप्रपा, संशोधनको विपक्षमा भोट हाल्ने निर्णय

kamal-thapa

काठमाडौं, ४ भदौ (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राप्रपा)ले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेटौडामा बसेको राप्रपाको बैठकले एमालेको लाइनमा उभिँदै संविधान संशोधनको विपक्षमा भोट हाल्ने निर्णय गरेको हो । यसअघि संशोधन विधेयकमा नैतिक प्रतिवद्धता जनाइसकेको भन्दै संशोधनको पक्षमा उभिएको राप्रपाले पार्टीमा भएको फुटपछि त्यसको विक्षमा उभिएके हो । राप्रपाले संशोधन विधेयकले मधेसको समस्या समाधान गर्न नसक्ने, ... Read More »

स्वास्थ्यकर्मीलाई मन्त्री पोखरेलको निर्देशन–बाढीपीडितको २४सै घण्टा सेवा गरौं

lzIffdGqL kf]v/]n M vf]6fªsf] ;b/d'sfd lbQm]ndf cfof]lht ;+ljwfg k|rf/ cleofg sfo{qmddf af]Ng'x'Fb} lzIffdGqL lul//fhdl0f kf]v/]n . tl:a/ M s]bf/ du/÷vf]6fª

गौशाला, ४ भदौ (ओएनएस) : स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन् । सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उनले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन् । महोत्तरीमा बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएका छन् । मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा ... Read More »

चितवनमा डेंगु रोग देखियो, सतर्कता अपनाउन चिकित्सकको सुझाव

dengu

चितवन, ४ भदौ (ओएनएस) : चितवनमा स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेका बेला त्यसैमाथि डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु पत्ता लागेको बताए । उनले कालिका नगरपालिकास्थित जुटपानीकी ... Read More »

'
Scroll To Top