बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 18, 2017

बाढीपीडितलाई प्रतिदिन प्रतिव्यक्ति ७० रुपैयाँ दिइने

janardan-sharma

काठमाडौं, २ भदौ (ओएनएस) : बाढीपीडितलाई राहत पुगाेस् भन्ने उद्देश्यका साथ सरकारले बाढी प्रभावित क्षेत्रका  पीडितहरुलाई सीधै नगद बाँड्ने निर्णय गरेको छ। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई एक महिनासम्म प्रतिदिन प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिएका हुन्। गृहमन्त्री शर्माले शनिबारदेखि नै पीडितलाई प्रतिव्यक्ति ७० रुपैयाँ दिइने बताए । उनले गाउँरगाउँमा पसल भएको र पीडितहरुले ... Read More »

देबेन्द्र पौडेलसहित १५ जना नयाँ शक्तिबाट निस्काशित

devendra paudel

काठमाडौं, २ भदौ (ओएनएस) : पार्टी नीति र विचार विपरित कार्य गर्दै आएको भन्दै नयाँ शक्ति पार्टी नेपालले पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनालाई निस्काशित गरेको छ । पार्टी संयोजक बाबुराम भट्टराईले शुक्रबार बेलुका प्रेस वक्तव्य सार्वजनिक गर्दै उनीहरुलाई कारबाही स्वरुप पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निस्काशित गरेको जनाएका हुन् । भट्टराईले पौडेलसहित वामदेव ... Read More »

सर्वोच्चद्वारा राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्न आदेश

sarbochha adalat

काठमाडौं, २ भदौ (अाेएनएस) : बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । साथै बाढीपीडितलाई तत्काल राहत, उपचारको व्यवस्था गर्न पनि भनेको छ । केन्द्रीय दैवी प्रकोप उद्दार समितिले ... Read More »

धुर्मुस–सुन्तली सम्मानित

dhurmus-suntali

बिराटनगर, २ भदौ (ओएनएस) : कलाकार एवं समाजसेवी सीताराम कटेल र कुञ्जना घिमिरेलाई आज विराटनगरमा सम्मान गरिएको छ । स्थानीय उद्घोष दैनिकको १३औं बाषिर्कोत्सवका अवसरमा कलाकारद्वयलाई १ लाख ११ हजार १११ रुपैयाँ राशीको श्रीप्रसाद–दिकराज दाहाल सामाजिक सम्मानबाट सम्मान गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले धुर्मुस–सुन्तलीलाईसंयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् । स्वर्गीय ... Read More »

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर सञ्चालन

apf

काठमाडौं, २ भदौ (ओएनएस) : बाढीबाट पीडित नागरिकको स्वास्थ्य उपचारका लागि सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित जिल्ला महोत्तरी, सप्तरी र बाँकेमा स्वास्थ्य शिविर संचालन गरेको छ । महोत्तरी जिल्लास्थित गौशाला नगरपालिकाको भवनमा सशस्त्र प्रहरी बल नेपालद्वारा संचालन गरिएको स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालका डा. रोशन झासहित सात जना स्वास्थ्यकर्मीहरु खटिएका छन् । यसैगरी सप्तरी जिल्लाको तिलाठी कैलाली गाँउपालिका–५ मा ... Read More »

नेत्री कोइरालाले भनिन्- बाढीपीडित प्राधिकरण निर्माण गर्नुपर्छ

sujata

  काठमाडौँ, २ भदौ (अाेएनएस) : नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बाढीपीडितको समस्या समाधानका लागि बाढीपीडित पुननिर्माण प्राधिकरण बनाकी छन् ।   नेत्री कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दे केही दिन अगाडि परेको अविरल वर्षाका कारण तराईका विभिन्न भागमा भएको डुवानका कारण मानिसले ज्यान गुमाएको र कयौँ व्यक्ति बेपत्ता भएको भन्दै वाढीबाट वेपत्ता भएका व्यक्तिको खोजी गरी उचित राहतको व्यवस्था गर्न ... Read More »

एसीसी यू-१९ छनौट खेलको तयारीमा जुट्यो नेपाली टिम

U-19-cricket-team-nepal

काठमाडौं, २ भदौ (ओएनएस) : भदौ १९ देखी सुरु हुने एसीसी अन्डर नाइन्टिन इस्र्टन रिजनको छनौट खेलका नेपाली अन्डर–१९ ले तयारी सुरु गरेको छ । प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २८ खेलाडीलाइ बोलाइएको छ । यो पटक नेपाली टिमको अभ्यास विषेशगरी ब्याटिङमा केन्द्रित हुनेछ । पछिल्लो पटक विश्वकप छनौट खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले यो पटक ब्याटिङ कन्सलट्यान्ट ल्याउने तयारी ... Read More »

महान्यायाधीवक्ता भण्डारीद्वारा सपथग्रहण

]

काठमाडौं, २ भदौ (ओएनएस) : नवनियुक्त महान्यायाधीवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गराएकी हुन् । वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधीवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारकै सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले भण्डारीलाई महान्यायाधीवक्तमा नियुक्त गर्दै आजै सपथग्रहण गराएकी हुन् । भण्डारीले आजै ... Read More »

बालबालिकाको विजोग

mahottari bani

बाढी प्रभावित क्षेत्र महोत्तरीको बानीचौर, परिवारसंगै बालबालिकाको विजोग । तस्बीर : एक्सन वर्क्स नेपाल Read More »

बाढीपीडितलाई सहयोग

releif distribute

महोत्तरीको बानीचौरका बाढीपीडितलाई राहत वितरण गर्दै एक्सन वक्र्स नेपालको टीम । तस्बीर : एक्सन वर्क्स नेपाल  Read More »

'
Scroll To Top