बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 16, 2017

प्रदेश र संघको निर्वाचनबारे तीन दलबीच सहमती

3-Party-Meeting

काठमाडौं, ३२ साउन (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बसेको प्रमुख तीन दलको बैठकले आगामी प्रदेश र संघको निर्वाचनबारे निश्कर्ष निकालेको छ । तीन दल प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक मंसिर दोस्रो साताभित्र गर्न सहमत भएका छन् । तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्ने सहमति जुटेको माओवादी ... Read More »

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्न सकिँदैन : आयोग

k|wfgdGqL z]/axfb'/ b]pjf;Fu z'qmaf/ l;+xb/af/l:yt k|wfgdGqL sfof{nodf k|d'v lgjf{rg cfo'Qm 8f cof]wLk|;fb ofbjnufot cGo  cfo'Qmx?n] e]63f6 ub} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ३२ साउन (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधि सभाको चुनावबारे निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गरेका छन् । प्रधानमन्त्री देउवा, उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र आयोगका पदाधिकारीहरुबीच बुधबार भएको छलफलमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न सम्भव र असम्भव तथा आवश्यक कानुनको विषयमा कुराकानी भएको जनाएको छ । दोस्रो पटक बुधबार भएको उक्त छलफलमा ... Read More »

राजधानीमा विज्ञान तथा वैज्ञानिक सम्मेलन हुने

DSC_0761

काठमाडौं, ३२ साउन (ओएनएस) : राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । चैतन्य सरवात ईनिस्टिच्युटले आज राजधानीमा पत्रकार सम्मेलन गरेर सम्मेलनका बारेमा जानकारी दिएको हो । कार्यक्रममा नेपाल विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.जीवराज पोखरेलले यस्तो प्रकारकारका गोष्टी नेपालमा प्रायः कम हुने गरेका बताए । इतिहासविद् डा.निदेशराज पन्तले यस्ता प्रकारका गोष्ठीले ... Read More »

बाढी प्रभावित क्षेत्रमा बीपी प्रतिष्ठानकाे निःशुल्क घुम्ती स्वास्थ्य सेवा

bp pratisthan dharan

धरान, ३२ साउन (ओएनएस) : बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य सेवा सुरु गरेको छ । हाल सुनसरीको अति प्रभावित क्षेत्रहरुमा प्रतिष्ठानको स्वास्थ्य टोलीलाई खटाइएको अस्पताल निर्देशक डा. गौरी शंकर साहले बताए । उनले स्वास्थ्य सेवाको पहँुच नभएका बाढी प्रभावित अन्य जिल्लाका क्षेत्रहरुमा समेत टोली परिचालन गर्ने योजना रहेको बताए । दुषित पानी, खाना तथा ... Read More »

बाढीपीडितकाे अाैषधाेपचारमा नेपाल प्रहरी, कहाँ-कहाँ खटियो चिकित्सकसहितको टोली ?

nepal police

काठमाडौं, ३२ साउन (ओएनएस) : देशका विभिन्न ठाउँमा अग्रस्थानमा रहेर बाढी पीडितको उद्धारमा संलग्न भएको नेपाल प्रहरीको औषधिसहितको चिकित्सकको टोली बाढी प्रभावित क्षेत्रमा खटिएको छ । नेपाल प्रहरीले अहिले बाढी प्रभावित जिल्ला सप्तरी, सिराहा, रौतहट र नवलपरासीमा नेपाल प्रहरी अस्पतालबाट औषधिसहितको विशेषज्ञ चिकित्सकहरुको कमाण्डमा चिकित्सक टोली परिचालन गरेको हो । प्रहरी नायव निरीक्षक डा. आशिष दत्तको कमाण्डमा औषधिसहितको चिकित्सक टोली ... Read More »

युइएफए वर्ष खेलाडीका लागि मेस्सी,रोनाल्डो र बुफोन छनाेट

ronald ..

काठमाडाै‌ं, ३२ साउन (अाेउनएस) : युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन्। मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर मेस्सी तथा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो अन्तिम तीनमा परेका हुन् । मनोनयनमा परेका १० खेलाडीबाट ८० जना प्रशिक्षक तथा ५५ जना खेल पत्रकारको मतका ... Read More »

राहत वितरण सम्बन्धी एकद्वार प्रणालीविरुद्ध संसदमा आवाज

anarkali

काठमाडौं, ३२ साउन (ओएनएस) : बाढी पीडितको सहयोगका लागि राहातमा वितरणमा सरकारले लगाएको एकद्वार प्रणालीविरुद्ध संसदमा आवाज उठेको छ । संसदमा बोल्दै सांसद अनारकली मियाले राहात वितरणमा सरकारले लगाएको एकद्वारा प्रणालीले गर्दा दाताहरुले आफै राहत वितरण गर्नबाट बञ्चित भएको बताइन् । सांसद भीम रावलले राखेकाे जरुरी सार्वजनिक महत्वकाे प्रस्तावमाथि अाफ्नाे विचार राख्दै उनले विदेशबाट राहत दिन चाहने नेपालीले आफ्नै हातले सम्बन्धित ... Read More »

बिहारमा बाढीको वितण्डा : ५६ जनाको मृत्यु, ७० लाख बढी प्रभावित

bihar

बिहार, ३२ साउन (एजेन्सी) : यसपटक नेपालसंगै भारतका पनि विभिन्न ठाउँ डुबानमा फसेका छन् । नेपाल भारत सीमा क्षेत्रका नदीहरुमा आएको बाढीका कारण भारतको बिहारको भू–भाग डुबानमा परेको छ । बिहारमा बाढी र डुबानमा परी ५६ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुले जनाए अनुसार, बाढीका कारण करिब ७० लाख प्रभावित भएका छन् । १३ जिल्लाका १०७० गाउँ पञ्चायलतहरु डुबानमा ... Read More »

संविधान संशोधन प्रस्ताव संसदमा पेश हुँदै

Nepal-Parliament

काठमाडौँ, ३२ साउन (ओएनएस) : लामो समयदेखि विवादको विषय बनाइएको नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक आज व्यवस्थापिका–संसद्मा पेस हुँदैछ । संदस सचिवालयकाअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तयार पारिएको छ । त्यसअघि विधेयकमाथि दफावार छलफल गरिने छ त्यसपश्चात निर्णयार्थ प्रस्तुत गरिने छ । सत्तापक्ष दलहरु संविधान कार्यान्वयन सर्वस्वीकार्यताका ... Read More »

प्रदेश नम्बर २ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

NIRBACHAN-AAYOG

काठमाडौं, ३२ साउन (ओएनएस) : स्थानीयत तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐनको दफा ७ बमोजिम प्रदेश नम्बर २ का आठवटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो। मुख्य निर्वाचन अधिकृत र ... Read More »

'
Scroll To Top