बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 11, 2017

धनगढी विमानस्थलको जग्गा ७० विगाह पुग्यो, थप १८ विगाह जग्गा अधिग्रहण

dhangadhi biman

धनगढी, २७ साउन (ओएनएस) : लामो सययदेखि विवादमा रहेको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि झण्डै १८ विगाह जग्गा अधिग्रहण गरि मुआब्जाको दर रेट पनि तोकिएको छ । विविध कारणबश जग्गा अधिग्रहण गर्न नसकेको जग्गा अधिग्रहण मुआब्जा निर्धारण समितिको शुक्रबार बसेको बैठकले अन्ततः जग्गा अधिग्रहण गर्ने निर्णय गर्दै मुआब्जा दर रेट पनि तोकेको छ । समितिका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद ... Read More »

चिकित्सा शिक्षा विधेयक संसदीय समितिद्वारा पारित

samiti_meeting

काठमाडौं, २७ साउन (ओएनएस) : चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका माग पूरा गर्न चिकित्सा शिक्षा विधेयक पारित गरिएको छ । शुक्रबार डा. केसी पक्ष र सरकारबीच सहमती भएपछि संसदीय समितिले विधेयक पारित गरेको हो । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले पारित गरेको प्रतिवेदनसहितको मस्यौदा अब संसद्मा पेश हुने भएको छ ... Read More »

मन्त्री शाहीले भने–यो भाषण गर्ने युग होइन

MKK_4547

काठमाडौं, २७ साउन (ओएनएस) : उर्जामन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरु मुलुक निमार्णका लागि गम्भिर बन्नुपर्ने बताएका छन् । यूवा गैर सरकारी संस्था महासंघ नेपालले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको यूवा सम्मेलन २०७४ को सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन। यूवाहरुले अरुलाई दोष दिएर मात्रै मुलुक निमार्ण नहुने बताउँदै मन्त्री शाहीले अबको युग भनेको भाषण गर्ने नभई काम गर्ने युग भएको ... Read More »

चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्बोच्चको आदेश

chudamadi

काठमाडौं, २७ साउन (ओएनएस) : आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसेसहितको बृहत पूर्ण इजलासले शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार यस्तो निर्णय सुनाएको हो । बृहत पूर्ण इजलासले अख्तियारले कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा दर्ता गरेको मुद्दा भने ... Read More »

डा. केसीको माग पूरा गर्न सरकार तयार, १० वर्षसम्म मेडिकल कलेज खाेल्न बन्देज

DR. KC

काठमाडौं, २७ साउन (ओएनएस) : चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकार तयार देखिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित दुवै पक्षबीच भएको छलफलमा सरकार डा. केसीका माग पूरा गर्ने सहमती भएको हो । सहमतीअनुसार अब सरकार चिकित्सा शिक्षा विधेयक परिमाजर्नन गर्न तयार भएको छ । आजै ... Read More »

स्याङ्जामा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

syanja

स्याङ्जा, २७ साउन (अाेएनएस) : स्याङ्जाको गल्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि तीन जना घाइते छन् । पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नम्बरको मालबाहक ट्रक गल्याङ नगरपालिका-१ मालुंगामा दुर्घटना भएकाे हाे । ट्रक सडकभन्दा २०० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु भएका एक महिला र एक पुरुषको पहिचान भने  खुल्न ... Read More »

जिसस कैलालीमा एमालेका थापा निर्विरोध

suryabahadur thapa

धनगढी, २७ साउन (ओएनएस) : जिल्ला समन्वय समिति (जिसस) कैलालीको संयोजकमा एमालेका सुर्यबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । संयोजकमा अन्य दलबाट उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् । एमाले र लोकतान्त्रिक फोरम मिलेपछि अन्य दलले उम्मेदवारी दिएनन् । दुई दलको सहमतीअनुसार ९ सदस्य समितिमा सहसंयोजकसहित ६ सदस्य एमाले र तीन सदस्य लोकतान्त्रिक फोरमबाट भएको मुख्य निर्वाचन अधिकृत धनसिंह ... Read More »

श्री एयरलाइन्सद्वारा आजदेखि व्यवसायी उडान

shreeairlines

काठमाडौं, २७ साउन (ओएनएस) : निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) जारी भएको छ । श्री एयरलाइन्सले जहाज काठमाडौंमा ल्याएको ४ महिनापछि प्राधिकरणले एओसी जारी गरेको हो । उडान अनुमति पाएपछि एयरलाइन्सले शुक्रबार देखिनै व्यावसायिक उडान सुरु गर्ने जनाएको छ । एयरलाइन्सले शुक्रबार नेपालगन्ज र भैरहवामा उडान गर्ने एयरलाइन्सका बजार निर्देशक अनिल मानन्धरले ... Read More »

व्यवसायीको मागमा निगमले बढायो क्षतिपूर्ति, पेट्रोलमा थप १० लिटर

petrol-pump

काठमाडौं, २७ साउन (ओएनएस) : तेल वितरण नै ठप्प पारेर आन्दोलनमा उत्रेका पेट्रोलियम व्यवसायीहरुका मागप्रति नेपाल आयल निगम लचिलो भएको छ । व्यवसायीहरुको प्राविधिक क्षति (सिङ्केज लस)को क्षतिपूर्ति बढाउनुपर्ने मागमा निगम लचिलो भएको हो । निगमले क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगम छ। ... Read More »

डा. केसीको समर्थनमा चिकित्सक आन्दोलित, देशभरका अस्पतालको बहिरङ्ग सेवा बन्द

Dr-Gobinda-KC

काठमाडौँ, २७ साउन (अाेएनएस) : चिकित्सा शिक्षा सुधारकाे माग राख्दै १९ दिनदेखि अामरण अनशनमा बसिरहेका डा. गाेविन्द केसीकाे समर्थननमा सरकारी चिकित्सक सङ्घ (गोदान)ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । बिहीबार संघले आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने ... Read More »

'
Scroll To Top